१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कुलमानको ‘चुनौतीपूर्ण’ दोस्रो कार्यकाल

त्यो बेला जनस्तरबाट घिसिङलाई पुनः नियुक्त गर्नुपर्ने दबाब परेको थियो। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेपछि तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले भदौ ३१ गते प्राधिकरणका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोके।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

ऊर्जा मन्त्रालयको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

डेटिकेटेड ट्रंक लाइन विवादः बक्यौता भुक्तानी नगरे पुनरावलोकनमा आउ

नेपाल विद्युत् प्राधिकरणले विवादास्पद ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट बिजुली उपभोग गरेबापतको बक्यौता महसुल तिर्न वा कानुनी प्रक्रिया पुर्‍याएर पुनरावलोकनमा जान उद्योगी, व्यवसायीलाई सुझाएको छ। उद्योगी, व्यवसायीले ट्रंक लाइन र डेडिकेटेड फिडरबाट बिजुली लिएर करिब १० अर्ब रूपैयाँ महसुल भुक्तानी नगरेको प्राधिकरणको भनाइ छ।

जबर्जस्ती हटाए अदालत जाने शाक्यको चेतावनी

मन्त्री भुसालले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर शाक्यलाई राजीनामा दिन भनेकी थिइन्। सरकारले दण्डित गरेर नभई आवश्यकताको आधारमा उचित स्थानमा सरुवा गरे जान तयार रहेको पनि कार्यकारी निर्देशक शाक्यले बताए।

विद्युत् सर्ट हुँदा घर जलेर लाखौँको क्षति

कालीकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युत्को तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ। मङ्गलबार अपराह्न ४ बजे विद्युत् सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको हो।

मेवा खोलामा सिटिजन्सको अगुवाइमा सहलगानी

निर्माण सम्पन्न भएपछि उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको कोसी करिडोर अन्तर्गतको ढुंगेसाँघुस्थित सबस्टेसनमा जोडिने छ।

डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद सुल्झिएन

प्राधिकरणका अनुसार १० अर्ब रूपैयाँभन्दा बढी बक्यौता छ। बक्यौता महसुल तिर्न नसक्ने उद्योगलाई महसुल तिर्न किस्ताबन्दी सुविधा लिन प्राधिकरणले आवेदन आह्वान गरे पनि अधिकांशले आवेदन दिएनन्।

गत वर्ष १३० मेगावाट व्यापारिक उत्पादन

अपर तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानले गत आर्थिक वर्षमा उक्त आयोजनाको दुईवटा युनिटको १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान भएको बताए।

तामाकोशीको सफलताले आत्मविश्वास बढाएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले मुलुकको ऊर्जा क्षेत्रको थप विकासका लागि आत्मविश्वास बढाएको बताएका छन्।

विद्युत्गृह बन्द हुँदा रसुवाका गाउँ अन्धकार

राष्ट्रिय प्रशारण लाइन बिग्रीएका कारण चिलिमे विद्युत् केन्द्र बन्द गर्नुपर्दा रसुवाका दर्जनौँ गाउँ अन्धकार भएका छन्। धुञ्चेको ब्रावल डाँडाँमा राष्ट्रिय प्रशारणको तार आज दिउँसोदेखि बिग्रीएको र मर्मत हुन नसक्दा उत्तरी रसुवा अन्धकार भएको हो।

विद्युत् माग्दै अनशनमा जनप्रतिनिधि

गाउँमा विद्युत् विस्तार नभएको भन्दै मेलौली नगरपालिका–९ का वडा सदस्य भीमदत्त भट्टलगायतका स्थानीय आमरण अनशनमा बसेका हुन्। लामो समयसम्म गाउँमा विद्युतीकरण हुन नसकेको भन्दै स्थानीयहरूकै सल्लाहले अनशनमा बसेको उनी बताउँछन्।

झापाका दुई गाउँपालिकाले जनताको विद्युत् शुल्क तिरिदिने

झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् ।

समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनःकर्जाको सुविधा

नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनःकर्जा उपलब्ध गराउने भएको छ।

बाढीपहिरोबाट २६ विद्युत् आयोजनामा क्षति

अविरल वर्षासँगैको बाढीपहिरोबाट जलविद्युत् आयोजना र सडक भत्किँदा करिब तीन अर्ब रूपैयाँको भौतिक क्षति भएको छ। कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपरमादी जलविद्युत् आयोजनाको मात्रै एक अर्बभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्