२१ आश्विन २०८१ सोमबार
image/svg+xml

रौतहटमा जलप्रलयः बकैया र बागमती नदीमा आएको बाढीले सयौं परिवार विस्थापित

रौतहको विभिन्न नदी एवं खेलामा आएको बाढीको कारण यहाको जनजिवन अस्तव्यस्त बनेको छ। निरन्तर चार दिन देखि परिरहेको अविरल वर्षाको कारण वागमती, लाल बकैया लगायतका विभिन्न नदीमा आएको बाढीले जिल्लाको मध्य एवं दक्षिणी भेग जलप्रलयबाट डुवान भई जनजिवन अस्त व्यस्त बनेको छ।

रौतहटको वृन्दावनमा झडपः प्रहरीद्वारा सात राउन्ड अश्रु ग्याँस प्रहार

प्रत्येक वडामा १५ लाख रुपैयाँको दरले महिला र प्रत्येक वडामा १५ लाखको दरले दलितको लागि बजेट विनियोजन गर्नुपर्ने तथा नगरपालिकाका प्रत्येक परिवारलाई एक सेट सिलिन्डरसहित ग्याँस चुलोको सम्पूर्ण सामग्रीको माग राख्दै आन्दोलन गरिरहेको पक्ष र प्रहरीबीच मंगलबार साँझ झडप भएको हो।

रौतहटका तीन स्थानीय तह संक्रमण मुक्त

रौतहटका तीन स्थानीय तह संक्रमणमुक्त भएका छन्। रौतहटका १८ स्थानीय तहमध्ये गरुडा, मौलापुर र माधवनारायण नगरपालिका तत्कालको लागि संक्रमणमुक्त भएका हुन्।

रौतहटमा प्रहरी र स्थानीयबीच झडप

रौतहटको दुर्गा भगवती गाउँपालिकामा प्रहरी र स्थानीयबासीबीच झडप भएको छ। दुर्गा भगवती गाउँपालिका ३ सदरमुकाम गौर जाने बाटोमा सामान्य विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो।

रौतहटमा विस्तारै कम हुँदै कोरोना संक्रमण दर

सोमबार जिल्ला प्रशासन कार्यालयले जारी गरेको अपडेटमा जिल्लामा ३० जना नयाँ संक्रमित थपिएका छन्। गत २४ घन्टामा जिल्लामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

रौतहटमा एकैदिन १० संक्रमितको मृत्यु

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार रौतहटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ। जिल्लामा संक्रमण तथा संक्रमितको मृत्युदर निरन्तर बढेपछि शनिबारदेखि थप एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ।

इदलाई व्यवस्थित गर्ने मुस्लिम अगुवाहरुको निर्णय

जिल्ला प्रशासन कार्यालय रौतहटमा बसेको मुस्लिम अगुवाहरुको बैठकले कोरोनाको भयावह अवस्थालाई ध्यानमा राख्दै इदलाई व्यवस्थित तरिकाले मनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

रौतहटको गौर नगरपालिकाद्वारा २० बेडको अस्थायी कोरोना अस्पताल सञ्चालन

दिनदिनै कोरोना भाइरसले विस्तार रुप लिइरहेको समयमा रौतहट जिल्लाको सदरमुकाम समेत रहेको गौर नगरपालिकाले मंगलवारदेखि २० बेडको अस्थायी कोरोना अस्पताल संचालनमा ल्याएको छ । गौर नर्सिंग इन्स्टिच्युटको भवनमा नपाले अस्थायी कोरोना अस्पताल संचालनमा ल्याएको हो ।

दुई अस्पताललाई सय भन्दा बढी सिलिण्डर हस्तान्तरण

जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न ठाउँबाट अक्सिजन सिलिण्डर संकलनको काम जारी राखेको छ।

रौतहटमा भयावह बन्दै कोरोनाः एकै परिवारका तीन संक्रमितमध्ये दुईको मृत्यु

रौतहटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सोमबारसम्म २१ पुगेको छ। सोमबार थप चार जना संक्रमितको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमणबाट मृतकको संख्या निकै बढेको हो।

घरघरमा पुगी उपचार गर्दै स्वास्थ्यकर्मी

चारैतिर स्वास्थ्य समस्या भएको बिरामीले स्वास्थ्यकर्मीको उपचार नपाइरहेको अवस्थामा रौतहटको राजदेवी नगरपालिकाका स्वास्थ्यकर्मीले गाउँगाउँ र टोलमा पुगेर बिरामीको औषधोपचार गरिरहेका छन्।

कोरोनाले रौतहटमा लियो नौ जनाको ज्यान

कोरोनाको दोस्रो लहरले रौतहटमा अहिलेसम्म नौ जनाको ज्यान लिएको छ। गत दश दिनको अवधिमा कोरोना भाइरस संक्रमणका कारण रौतहटमा नौ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

रौतहटका दुई प्रमुख र पाँच उपप्रमुखको पद धरापमा

रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहालाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको हो। प्रदेश २ मा एक मात्र महिला प्रमुख साह सहरी विकासमन्त्री प्रभु साहकी धर्मपत्नी हुन् भने कुशवाहा पनि निकटका सहयोगी हुन्।

पत्रकार महासंघ रौतहटलाई बाटो खुल्यो

नेपाल पत्रकार महासंघ रौतहट शाखाको नवनिर्वाचित कार्यसमितिले कामकाज गर्न पाउने भएको छ। गत चैत ३० मा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले उत्प्रेषण परमादेश जारी गरी सपथ ग्रहण तथा कामकाज गर्न रोक लगाएकोमा चैत ५ देखि कामकाज गर्न पाउने आदेश जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्