२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चीनसँगको अन्तरदेशीय लाइन : यो आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्यांकन सकिने

चालु आर्थिक वर्ष २०७७/७८ मा चीनसँगको अन्तरदेशीय प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम सकिने भएको छ। रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाका अनुसार १४ महिनामा काम सक्ने गरी एनइए इन्जिनियरिङ कम्पनीले काम सुरु गरिसकेको छ।

रौतहटमा संक्रमितको संख्या एक हजार भन्दा बढी

बुधबार एकैदिन रौतहटमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२७ थपिएसँगै जिल्लाका कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ ।

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जनकपुरमा कोरोना संक्रमणको पिसिआर परीक्षणमा निगेटिभ देखिएका दुई जनामा काठमाडौँमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले नागरिकलाई जानकारी गराएका छन्।

रौतहटका संक्रमित युवा जसले चोर बाटोबाट वोर्डर पार गरेका थिए

रौतहटको ईशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमण देखिएको युवक भारतको राजधानी दिल्लीबाट फर्केको पाइएको छ। भारतको राजधानी दिल्लीस्थित पहाडगंजको एउटा ब्याग कारखानामा काम गर्ने १९ वर्षिय युवकलाई कोरोना भाइरसको संक्रमण देखिएको हो।

रौतहटको जंगलमा दोहोरो फायरिङ

लकडाउनको समयमा रौतहटको वनमा काठ तस्करी र वन्यजन्तुको चोरी शिकारी बढेको छ। लकडाउनको अवधिमा एक सय क्वुफिटभन्दा बढी काठ बरामद भएको छ, भने आइतबार राति वन क्षेत्रमा दोहोरो फायरिङ भएको छ। रौतहटको वनमा तस्कर र वन सुरक्षा गस्ती टोलीबीच दोहोरो फायरिङ भएको हो।

रौतहटमा लकडाउनकै अवधिमा एक किशोरी बलात्कृत

रौतहटमा लकडाउनको अवधिमै एक किशोरीमाथि बलात्कार भएको छ। लकडाउनमा सर्वसाधारणको ध्यान कोरोना भाइरसको सन्त्रासले त्रसित भइरहेको बेलामा एक किशोरीमाथि बलात्कारको घटना सार्वजनिक भएको हो।

दैनिक उपभोग्य सामान किन्न यस्तो लक्ष्मण रेखा (फोटो फिचर)

स्थानीय प्रशासनले लकडाउन गरेको तेस्रो दिन रौतहट सदरमुकाम गौरमा सोसल डिस्टेंसिंग (सुरक्षा घेरा) कायम गर्दै सदरमुकाम गौरमा तरकारी बजार, खाद्यान्न पसल सुचारु गरेको छ।

रौतहटमा करिब पाँच सय बेड तयारीको अवस्थामा

जिल्ला सुरक्षा समिति रौतहटको निर्देशनमा रौतहटको विभिन्न स्थानीय तहमा करिब पाँच सय बेडको क्वारेन्टाइन तयार भएको छ। कोरोना भाइरसबाट संक्रमणको आशंका भएकालाई केही दिन सुरक्षित एक ठाउँमा राख्न तयार पारिएको क्वारेन्टाइनमध्ये कतिपय सञ्चालनमा पनि आइसकेका छन्।

रौतहटको विभिन्न क्वारेन्टाइनमा बीसजना

रौतहट जिल्लाको विभिन्न स्थानीय तहमा निर्माण गरिएको क्वारेन्टाइनमा अहिलेसम्म बीसजना निगरानीमा राखिएका छन्। जिल्ला सुरक्षा समिति रौतहटले हरेक स्थानीय तहमा अनिवार्यरुपमा क्वारेन्टाइन निर्माण गर्ने निर्देशन दिएपछि क्वारेन्टाइनको निगरानीमा रहन बुधवार साँझसम्म बीसजना पुगेका छन्।

लकडाउनमा सुनसान रौतहट (फोटो फिचर)

सरकारले कोरोना भाइरस नियन्त्रणको लागि घोषणा गरेको लकडाउनका कारण रौतहट सुनसान देखिएको छ। सँधै जसो चहलपहल हुने गौर बजारमा सवारी साधान चलेको देखिएन भने मानिसहरुको आवतजावत पनि थिएन।

रौतहटको चिनी उद्योग बुधबारदेखि सञ्चालन

किसानहरुको लामो प्रतिक्षा र संघर्षपछि रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स लि. बुधबारदेखि सञ्चालनमा आएको छ। चिनीमिल सञ्चालनको लागि किसानहरुले ठूलै संघर्ष गरेको उद्योग सञ्चालनमा आएपछि किसानहरु खुसी पनि भएका छन्। ढिलो भए पनि उद्योग सञ्चालनमा आएपछि उखु किसानमा खुसी र उत्साह आएको उखु उत्पादक संघ रौतहटका कोषाध्यक्ष मनोजकुमार सहनीले बताएका छन्।

चार वर्षिया बालिका बलात्कार गर्ने एक पक्राउ

रौतहटको सदरमुकाम गौर नगरपालिकामा एक ४ वर्षिया अवोध बालिकामाथि बलात्कार भएको छ। गौर १ मा ५४ वर्षिय राम किशोर मिश्रले छिमेकी ४ वर्षिया बालिकालाई बोलाएर चकलेटको प्रलोभन दिई दुस्कर्म गरेका हुन्।

कीर्ते बैंक ग्यारेन्टीले चार महिनापछि ठेक्का रद्द

रौतहटको गढीमाई नगरपालिकाको निर्वाचित जनप्रतिनिधि तथा कार्यालयका केही कर्मचारीको मेलोमतोमा भइरहेको बागमती खोलाको दोहन शुक्रबारबाट रोकिएको छ। गत भदौ २१ मा बागमती नदीको बालुवा र गिटीको स्वीकृत ठेक्का शुक्रबारको कार्यपालिका बैठकले निर्णय गरेपछि ठेक्का रद्द भएको हो।

बलात्कार गरेको आरोपमा डाक्टर पक्राउ

रौतहटमा महिलालाई जवरजस्ती बलात्कार गरेको आरोपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेका छन्। जिल्लाको यमुनामाई गाउँपालीकाको सरुअठा हेल्थ पोस्टका इन्चार्य ४५ बर्षिय सुधिर कुमार सिंहलाई बलात्कार आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्