२१ आश्विन २०८१ सोमबार
image/svg+xml

'अब छोराको किरिया गर्छु'

'पुलिस प्रशासनको सात महिनाको अथक प्रयासबाट कानूनको आशा पलाएको छ। त्यो प्रयासले कानुनको आशा पलाएको थियो। अहिले न्यायाधीशको आँखामा न्याय अन्यायको तुला छ, उहाँले के गर्नुहुन्छ। अलामलाई थुनामा लगेपछि अल्ली सान्त्वना मिलेको छ। यो मेरो खुशिको आँशु हो, अब छोरोको किरिया गर्छु। मेरो छोराको मृत्यु भएको छैन भनेर भनिएको छ। हाम्रो समाजले पनि १२ वर्षसम्म नफर्किएपछि किरिया गर्नुपर्छ भन्छन्। अब अदालतले दिने आदेश आएपछि किरिया गर्छु,' आलमलाई पुर्पक्षका लागि थुनामा पठाएपछि बम विस्फोटमा ज्यान गुमाएका त्रिलोक प्रताप सिंह 'पिन्टु'का पिता श्री नारायण सिंहको भनाई हो यो।

राजपुर बमकाण्डका पीडित सुरक्षाको माग गर्दै अदालतमा

रौतहटको राजपुर फरहदवामा करिब १२ बर्ष अघि भएको बम विस्फोट सम्बन्धी मुद्दाको थुनछेक बहस चलिरहे कै बेला बम विस्फोट घटनामा परी घाइते भएका एक जना पीडितले आफु असुरक्षित भएको भन्दै अदालतको शरणमा पुगेका छन्।

रौतहटको मठिया प्रहरी चौकीमा बम प्रहार, एक प्रहरी घाइते

रौतहटको सिमावर्ती मठिया प्रहरी चौकी माथी बम प्रहार भएकाे छ। स्थानीय ईशनाथ नगरपालिका ४ नेपाल भारत सिमा क्षेत्रको मठियामा रहेको प्रहरी चौकीमा भारततर्फबाट आएका अपराधीक समुहले बम प्रहार गरेका हुन्।

जन्मकैदको माग सहित आलमविरुद्ध मुद्दा दायर

कांग्रेस नेता अफताव आलमलाई जन्मकैदको माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालयले रौतहट जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। १२ वर्ष अघि राजपुरमा भएको बम काण्डका अरोपी आलमलाई जिल्ला प्रहरी कार्यालयले करिब २० दिनसम्म हिरासतमा राखी लामो अनुसन्धन पश्चात जिल्ला सरकारी वकिलको कार्यालयमा गत शुक्रवार मुद्दा बुझाएको थियो।

रौतहटको सदरमुकाम गौरमा गोली चल्यो, एक भारतीय नागरिक घाइते

रौतहटको सदरमुकाम गौरमा गोली चलेको छ। गोली चल्दा एक भारतीय नागरिक घाइते भएका छन्।

अदालतबाट बाहिरिँदै गर्दा आलमले भने : घटनै भएको छैन

इटा भट्टीमा पोलेर मान्छे मारेको आरोप लागेका कांग्रेस नेता अफताव आलमलाई दोश्रो पटक पाँच दिनको म्याद थपिएको छ। जिल्ला अदालत गौरले उनलाई पाँच दिनको म्याद थप गरेको हो।

आलम सात दिन हिरासतमा : घटना लुकाउने प्रयास असफल

जिल्ला अदालत रौतहटले २२ जनाको हत्या गरेको आरोपमा आइतबार पक्राउ परेका महम्मद आफताब आलमलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

शिक्षक सरुवा गर्दा नगरपालिकामा तोडफोड, स्थानीय प्रशासन मौन, मेयरले भेटे गृहमन्त्री

शिक्षक सरुवाको विरोधमा नगरपालिका कार्यालय तोडफोड भएपछि न्याय माग्दै रौतहटको कटहरिया नगरपालिकाका जनप्रतिनिधि काठमाडौं आएका छन्।

अवैध मालसमान तस्करी गर्ने तीन जना पक्राउ

सिमावर्ती भारतीय बजारबाट अवैध रुपमा तस्करीको मालसमान नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा रौतहट प्रहरीले लाखौं मूल्य बराबरको अवैध मालसमान सहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

भारतीय पक्षले सीमामा बाँध चौडा गर्न थालेपछि स्थानीय चिन्तित

सीमावर्ती दशगजा क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएको बाँध पुनः मर्मत सम्भार गरी थप बलियो बनाउन थालेपछि स्थानीय त्रसित बनेका छन्। सीमावर्ती क्षेत्रमा भारतले अन्तरराष्ट्रिय नियमको उलंघन गर्दै बाँध बनइदिएपछि रौतहट सदरमुकाम गौर सहित दर्जन गाउँ बर्षेणी बाढीको पानीले डुवानमा पर्दै आएको छ।

राजपुरको ‘बादशाही’

रौतहटको सदरमुकाम गौरदेखि बारातिर आउने मुख्य बाटोको रुपमा प्रयोगमा रहेको गण्डक नहरको ‘सर्भिस’ सडकमा पर्ने चोकमा ‘पकडी’को ठूलो रूखसँगै लहरैले मिठाई पसलहरु छन्। गौरदेखि करिब १४ किलोमिटरमा पर्ने चोक हो ‘राजपुर’। लोभलाग्दो किसिमले ती पसलमा सजाएर राखिएका लड्डु आकारको, खैरो रंगको रसिलो मिठाई हो ‘बादशाही’।

रौतहटमा बाढी प्रभावित क्षेत्रको निरीक्षण

समितिका सभापति जैरुको नेतृत्वमा आएको टोलिले रौतहटमा बाढीले क्षति पुर्याएका बस्तीहरुको अनुगमन निरीक्षण पश्चात पीडितहरुको अवस्था र दिर्घकालिन उपायको बारेमा संसदीय समितिमा प्रतिवेदन पेश गर्ने अभियान अन्तर्गत टोलि रौतहट आएको हो।

रौतहटकोे बाढी प्रभावित बस्तीमा निशुल्क स्वास्थ्य शिविर

बाढीबाट प्रभावित विभिन्न बस्तिमा छुटाछुटै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। बाढीको पानीले प्रभावित भएका बस्तीमा विभिन्न रोगको महामारी नफैलियोस भने उद्देश्यले नेपाल प्रहरीले जिल्लाको गौर र राजदेवी नगरपालिकामा निशुल्क स्वास्थ्य शिविरको अयोजना गरेर विरामीको स्वास्थ्य परिक्षण गरेका छन्।

स्थानीय सरकारको निर्णयविरुद्ध जनता ओर्लिएपछि ठेक्का रद्ध

रौतहटको एक स्थानीय तहले मनपरी तरिकाले बागमती नदीबाट बालुवा, गिटी र ग्राभल झिक्नको लागि बर्षायाममा नै टेण्डर गर्न थालेपछि स्थानीय विरोधमा उत्रेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्