२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

अदालतबाट बाहिरिँदै गर्दा आलमले भने : घटनै भएको छैन

रौतहट - इटा भट्टीमा पोलेर मान्छे मारेको आरोप लागेका कांग्रेस नेता अफताव आलमलाई दोस्रो पटक पाँच दिनको म्याद थपिएको छ। जिल्ला अदालत गौरले उनलाई पाँच दिनको म्याद थप गरेको हो।

सांसद आलमले आफू अस्वस्थ भएको र घर परिवारका साथै कानुनी सल्लाहकारसँग राय सुझाव नलिएको कारण बयान दिएका छैनन्।

शुक्रबार बयानको लागि सरकारी वकिलको मा पेश गर्दा आदलमले 'ब्लड प्रेसर' कम भएको भन्दै बयान दिन मानेका थिएनन्। घटनास्थलबाट घाइतेलाई लोड गरेर इटा भट्टासम्म पुर्याउने ट्याक्टरको नम्वर समेत खुलेको सरकारी वकिलले जनाएका छन्। सरकारी वकिल खडिन्द्र कटुवालका अनुसार उक्त ट्याक्टरको दर्ता बुझ्ने काम भइरहेको छ। घटनाका एक घाइतेको फरेन्सिक टेष्ट गर्नुपर्ने आधार सहित बहस भएको उनले बताए।

म्याद थप पछि अदालतबाट बाहिरिँदै गर्दा अफताव आलमले घटनै नभएको प्रतिक्रिया दिए। 'घटना नघटेका कारणले महान्यायाधीवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो त्यही नै सत्य हो,' उनले भने।

बयान प्रक्रिया पूरा नभएकोले प्रहरीले पुनः बयान गराउनको लागि म्याद लिन आज आलमलाइ प्रहरीले अदालतमा पेश गरेको हो।

 

प्रकाशित: ३ कार्तिक २०७६ ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App