२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बाढीपछिको डुबानः २ वर्षीय बालकको घर छेउमै डुबेर मृत्यु

अबिरल वर्षासँगैको बाढीपछि जमेको पानीमा डुबेर रौतहटमा एक बालकको मृत्यु भएको छ।

रौतहट सदरमुकाम गौर डुवानमा

अविरल वर्षापछि रौतहटमा आएको बाढीले सदरमुकाम गौर सहित जिल्लाका ८० प्रतिशत भुभाग डुवानमा परेको छ। बकैया र बागमतीको बाँध ठाउँठाउँमा भत्किँदा बाढीको पानि बस्तिमा प्रवेश गरेको हो। निरन्तर चार दिनदेखि परेको वर्षाका कारण बाढी र नदीको पानि बस्तिमा प्रवेश गरेपछि करिव एक हजार भन्दा बढी घर भत्केका छन्।

रौतहटको १० वटा स्थानीय तहको तेश्रो नगर अधिवेश सम्पन्न

रौतहटको दशवटा स्थानीय तहले मंगलबार तेश्रो नगरसभा सम्पन्न गरेका छन्। जिल्लाको कुल १८ स्थानीय तहहरु मध्ये १० वटा स्थानीय तहहरुले आर्थिक बर्ष २०७६/०७७ को विकास निर्माणको लागि विभिन्न योजनाहरुको लागि नगरअधिवेशन सपन्न गरेको जनाएको छ।

रौतहटमा अत्याधिक गर्मी, तापक्रम ४३ डिग्री पुग्यो

टन्टलापुर घामसँगै तातो हावा चल्न थालेपछि तराईको जनजीवन कष्टपुर्ण हुन थालेको छ। अत्याधिक गर्मीले रौतहटको जनजीवन प्रभावित बनेको हो।

तीर्थयात्री सवार बसमा ट्रक ठोक्कियो, दुई भारतीयको मृत्यु, २१ घाइते

रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित मंगलपुर जंगलमा रोकिराखेको यात्रुबाहक बसलाई मालबाहक ट्रकले पछाडिबाट सोमबार राति ठक्कर दिँदा २ जना भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा २१ जना घाइते भएको प्रहरीले जनाएको छ। ३ जनाको अवस्था गम्भीर छ।

प्रशासकीय अधिकृतविरुद्ध प्रदर्शन

रौतहट सदरमुकाम गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की पटक–पटक सरुवा हुँदा पनि नगएपछि स्थानीयले उनीविरुद्ध प्रदर्शन गरेका छन्। सरकारले पटक–पटक सरुवा गर्दा पनि सरुवा भएको ठाउँमा कार्की नजाँदा अनेक शंका उब्जाएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले कार्कीलाई पसम्म सरुवा गरिसकेको छ। सरुवा भएको ठाउँमा नगएर कार्की कानुनविपरीत, आफूखुसी गौर नपामै डेरा जमाई बसेपछि सोको विरोधमा स्थानीय युवाले चर्को नाराबाजीसहित जुलुस प्रदर्शन गरेका हुन्।

लोकसेवाविरुद्ध रौतहटमा प्रदर्शन

लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाको लागि निकालेको विज्ञापनको विरोधमा रौतहटमा प्रदर्शन गरिएको छ। रौतहट सदरमुकाम गौरको विपि चौकमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्।

दुई लाख नक्कली रुपैयाँसहित दुई पक्राउ

दुई लाख नक्कली नेपाली रुपैयाँसहित रौतहटमा दुई जना पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले दुई लाख नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो।

कर्मचारी अभावमा भन्सार कार्यालय रित्तै

कर्मचारी नहुँदा रौतहटका छोटी भन्सार कार्यालयहरु रित्तै देखिएका छन्। कार्यालय हुने तर कर्मचारी एकजना पनि नहुँदा सुरक्षाकर्मीले नै कार्यालय खोल्ने गरेको देखिएको छ।

साना लगानीका मिडियाको लागि १५ बुँदे रौतहट घोषणापत्र जारी

साना लगानीको मिडियाको हकहितसम्बन्धी १५ बुँदे रौतहट घोषणापत्र जारी गर्दै एक दिवसीय सम्मेलन सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ साना लगानीका मिडियाको हकहित संरक्षण समितिको आयोजनामा रौतहटको चन्द्रपुरमा भएको प्रदेश २ स्तरीय कार्यक्रम १५ बुँदे घोषणापत्र जारी गर्दै शनिवार सम्पन्न भएको हो।

पाँच कठ्ठा जमीनमा लगाइएको अफिम प्रहरीद्वारा नष्ट

रौतहट प्रहरीले पाँच कठ्ठामा जमीनमा लगाइएको लाखौ मुल्य बराबरको अफिम खेती फडानी गरेर नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले स्थानीय मौलापुर नगरपालिका ७ सगैया पिपरीया टोलस्थित मकै खेतको बीचमा लगाइएको अफिम खेती फाडेर नष्ट गरेको हो।

होली खेल्ने क्रममा विवाद, रौतहटमा गोली चल्यो

स्थानीय महिलाहरुले मटका फुटाउने कार्यक्रमको तयारी गरिरहेको वेला अर्को समूहले आएर जबरजस्ती मटका फुटाएको थियो। विवाद गाउँ तनावग्रस्त बनेको थियो।

सुरक्षा सतर्कताका लागि कुकुर परिचालन

रौतहट प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउँदै तालिम प्राप्त कुुकुर परिचालन गरेको छ। नेपाल भारत सीमाको गौर भन्सार क्षेत्रमा जिल्ला प्रहरी कार्यालयले दुइटा तालिम प्राप्त कुुकुर परिचालन गरेको छ।

अंग्रेज लखेटिएको ठाउँमा होली मेला, पहिलोपटक जोडियो सेना

रौतहटको ऐतिहासिक समनपुर मेलामा नेपाली सेना पनि जोडिएको छ। जिल्लाको गढीमाई नगरपालिकाको समनपुरमा २०५ वर्षदेखि लाग्दै आएको होली ऐतिहासिक समनपुर मेलामा नेपाली सेनाको टोलीले पहिलोपटक विभिन्न झाँकी प्रस्तुत गरेको छ। नेपाली सेनाको गौरमा रहेको इन्द्रबक्स गणले समनपुरमा सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्धको क्रममा भएको युद्धको सम्झनामा पहिलोचोटि सार्वजनिक रुपमा विभिन्न कार्यक्रम प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्