२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आगलागीले १६ लाखका धनमाल क्षति

रौतहटका दुई स्थानमा आगलागी हुँदा १६ लाखभन्दा बढीको धनमाल नष्ट भएका छन्। जिल्लाका वृन्दावन र गौर नगरपालिकामा आगलागी भएको हो।

रौतहटको छुटाछुटै गाउँमा आगलागी, लाखौको धनमाल क्षति

रौतहटको छुट्टाछुट्टै स्थानमा मंगलबार भएको आगलागीमा लाखौको धनमाल जलेर खरानी भएको छ। जिल्लाको वृन्दावन र गौर नगरपालिकामा भएको आगलागीमा लाखौको धनमाल जलेर पूर्ण रुपमा खरानी भएको हो। बृन्दावन नगरपालिका वडा नम्बर ४ सखुअवामा स्थित पुष्पाञ्जली पोल्ट्री फर्ममा अचानक आगो लाग्दा करिब १३ लाख भन्दा बढीको तयारी कुखुरा र पाल्नको लागि राखेको चल्ला नष्ट भएको छ।

अढाई सय छात्रालाई निःशुल्क साइकल

रौतहटको दुर्गा भगवती गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत अढाई सयभन्दा बढी छात्रालाई निःशुल्क साइकल प्रदान गरेको छ। गाउँपालिका क्षेत्रभित्रका तीनवटा सामुदायिक विद्यालयका कक्षा ८ र ९ का २ सय ५३ छात्रालाई सोमबार एक समारोहबीच निःशुल्क साइकल वितरण गरिएको हो।

रौतहटमा नेकपाको सभा सुरु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २ नम्बर प्रदेश कमिटीको आयोजनामा रौतहटमा जनसभा सुरु भएको छ। गरुडामा आयोजित सभालाई अध्यक्ष द्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, नेता मावध कुमार नेपाल लगायतले सम्धन गर्दैछन्।

होलीको सामान किनिदिने प्रलोभनमा सामूहिक बलात्कार, आरोपी फरार

जबरजस्तीकरणी हुनबाट रौतहटमा एक किशोरीलाई प्रहरीले उद्धार गरेको छ। रौतहट गुजरा नगरपालिका २ स्थित जंगलमा तीन अपरिचित किशोरले १४ वर्षीया किशोरीलाई जबरजस्तीको प्रयास गरेका थिए।

बौद्धिमाई नपाले ल्यायो ३५ करोडको बजेट

रौतहटको बौद्धिमाई नगरपालिकाले करिब ३५ करोडको बजेट ल्याएको छ। आन्तरिक समस्याका कारण बजेट प्रस्तुत गर्न नसकेको नगरपालिकाले चालू आर्थिक वर्षको लागि ३४ करोड ९० लाख ५८ हजार ३३ रुपैयाँको बजेट ल्याएको हो। व्यापक किचलो रहेको नगरपालिकामा सबै पक्षलाई सन्तुलित गराउन केही समय ढिलो भए पनि आ.व. २०७५।०७६ का लागि नीति तथा कार्यक्रम र आय व्यय सौहाद्र्रपूर्ण वातावरणमा पेश गरी सर्वसाधारणबाट पनि स्वीकृत भएको छ।

भुक्तानी अनिश्चित हुँदा सस्तोमा उखु बेच्दै किसान

रौतहटका उखु किसानले भुक्तानी पाउने निश्चित नभएपछि धमाधम सस्तोमा उखु बेच्न थालेका छन्। चिनी मिलले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३८ रुपैयाँँ दिने सहमति भए पनि भुक्तानीप्रति अविश्वास हुँदा सस्तोमा भए पनि नगदी दिइरहेका हुनाले किसान उखु बेच्न बाध्य छन्।

विद्यार्थी बोकेको बससँग ट्रक ठोक्कियो, १० जना घाइते

रौतहटमा विद्यार्थीबाहक बस र उखु बोकेको ट्रक आपसमा जुधेको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

रौतहटमा खस्क्यो शान्ति सुरक्षा, एक हप्तामा ७ जनाको मृत्यु, पत्रकारमाथि हमला

रौतहटमा शान्ति सुरक्षाको स्थिति अन्यन्तै नाजुक बनेको देखिएको छ। एक हप्तामा जिल्लामा ७ वटा शव बरामद भएको छ भने पत्रकारमाथि हमला र सडक दुर्घटनामा पनि वृद्धि भएको छ। एनसेलको टाबरमा आगजनी समेत भएको छ।

लागुऔषधसहित विद्यार्थी पक्राउ

एक भारतीय विद्यार्थी लागू औषधसहित रौतहटमा पक्राउ परेका छन्। भारतको बैंगलोरमा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत बिहारका घोडासहन बनकटवा निवासी २६ वर्षी महम्मद कलिमुल्ला र सोही गाउँका २२ वर्षीय हैदर अलिलाई रौतहट प्रहरीले मंगलबार लागुऔषधसहित पक्राउ गरेको हो।

छात्रालाई साइकल उपहार

रौतहटको परोहा नगरपालिकाले निम्न माध्यमिक र माध्यमिक तहमा अध्ययनरत सम्पूर्ण छात्रालाई साइकल उपहार दिने अभियान नै थालेको छ। गाउँभन्दा टाढा पढ्न जानुपर्दा कक्षा छुट्ने गरेको विषयलाई गम्भीरतापूर्वक लिएर नगरपालिकाले छात्रालाई साइकल दिने अभियान थालेको हो।

मेयर र वडाध्यक्ष नै विद्युत् चोरीमा संलग्न

रौतहटको गढीमाई नगरपालिका मेयर र वडाध्यक्ष विद्युत् चोरीमा संलग्न रहेको पाइएको छ। नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले मेयर श्यामप्रसाद यादव (ग्राहक नं ००८.१३.०१) र वडा नम्बर ६ का वडाध्यक्ष रामसिंघासन यादव (ग्राहक नं ०७.२०.०३ ए) र गरुडा नगरपालिका–१का वडाध्यक्ष सरोज राय यादव (ग्राहक नं १८.०८.१९)ले आफ्नो घरमा विद्युत् चोरी गरी प्रयोग गरेको फेला पारेको हो।

रोकिएन राष्ट्रिय वनबाट काठको तस्करी

रौतहटको राष्ट्रि वन क्षेत्रबाट काठको तस्करी रोकिएको छैन । जिल्ला वन कार्यालयले तस्करी रोक्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकका साथै कर्मचारीहरुको टोलीले निरन्तर अनुगमन गरिरहेको भए पनि काठ तस्करी भने रोकिएको देखिएन।

जेलमै जलिन् महिला

रौतहटको गौर कारागारमा एकजना महिला शरीरमा आगो लागेर घाइते भएकी छिन्। विहीबार विहान करिब साढे १० बजे खाना पकाउनको लागि कारागारभित्रैको महिला वार्डमा स्टोभमा आगो सल्काउँदा कपालमा आगो सल्केर सुनसरी जिल्लाको धरान नगरपालिका १३ की २६ वर्षीय कल्पना गुरुङ राई घाइते भएकी कारागार प्रशासनले जानकारी दिएको छ।

तोकिएको मूल्यमा भन्दा १२% घटाएर उखु किन्दै उद्योगी

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले सरकारले तोकेको मूल्यभन्दा १२ प्रतिशत घटाएर उखु किनिरहेको तथ्य बाहिर आएको छ। उखु उत्पादक महासंघले उखुको मूल्य नतोकिए उद्योग चल्न नदिने अडान राखेपछि सरकारले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँको दरले तोकेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्