२१ आश्विन २०८१ सोमबार
image/svg+xml

जमुनी सिंचाई आयोजनाको पानी ६ महिनाभित्र रौतहटमा आउने

जमुनी सिंचाइ आयोजनाको पानी ६ महिनाभित्र गण्डक नहर हुँदै रौतहटमा आउने भएको छ। रौतहटको दक्षिण, पूर्वी भेगका किसानलाई समुचित रुपमा सिंचाईको व्यवस्थापन नहुँदा वर्षेनी अकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता अबको ६ महिनाभित्र समाप्त हुने भएको छ।

वन गस्तिमा कमी आएपछि काठ तस्करी बढयो

रौतहटको राष्ट्रिय वन क्षेत्रबाट व्यापक रुपमा काठ तस्करी भइरहेको पाइएको छ। अत्याधिक चिसोले बाक्लो हुँस्सु लागेको कारण सशस्त्र वन रक्षकहरुले गस्ति गर्न छाडेपछि काठ तस्करीमा वृद्धि भएको पाइएको छ।

कारागारबाट रिहा भएका मेयर हेलिकप्टर चार्टर गरि गृहनगर पुगे

रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा सर्वोच्च अदालतबाट सफाइ पाएपछि हेलिकप्टर चार्टर गरि गृहनगर कटहरिया पुगेका छन्।

व्यापारी माथि ज्यादती गरेको भन्दै अनिश्चितकालिन गौर बजार बन्द

प्रहरीले व्यापारी माथि ज्यादती गरेको भन्दै उद्योग बाणिज्य संघ रौतहटले अनिश्चितकालिन गौर बजार बन्द गराएकाे छ। व्यापारीहरुलाई स्थानीय प्रशासनले दुःख दिएको आरोप लगाउँदै रौतहट उद्योग बाणिज्य संघका प्रतिनिधिहरुले अनिश्चितकालिन बन्दको आह्वान गरेका हुन्।

डोर्‍याएरै काठमाडौं ल्याइन्छ राँगा भैंसी

धेरैलाई लाग्ला– रौतहटबाट भैँसी, राँगा र अन्य जनावर डोर्‍याउँदै काठमाडौं ल्याउन सकिँदैन। तपाईँको अनुमान पनि यही हो भने त्यो सही हुने छैन। तीन दिन हिँडाएर रौतहट र मकवानपुरदेखि काठमाडौंमा भैँसी र राँगा ल्याउने गरिन्छ। त्यस्ता दृश्य हेर्न कहीँ जानु पर्दैन, ललितपुरको टीकाभैरव, लेले, छपेला, भट्टेडाँडा पुगेमात्रै हुन्छ। यही बाटो भएर व्यवसायीहरूले काठमाडौंसम्म हिँडाउँदै भैंसी पुर्‍याउने गर्छन्।

रौतहटमा झडप, ८ राउण्ड अश्रुग्यास प्रहार

रौहतटको गरुडा नगरपालिका ९ रघुनाथपुर गाउँको बिर्ताटोलमा सोमबार दुई समुदायबीच झडप भएको छ। पुरानो रिइसिबीका कारण भएको झडपले हिंस्रक रुप लिन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ८ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

कपडा तस्कर पक्राउ

रौतहटमा सशस्त्र प्रहरीले दुईजना कपडा तस्करलाई पक्राउ गरेको छ। सिमावर्ती भारतीय बजारबाट बाराको कर्चोवा नाका हुँदै रौतहटतर्फ तस्करी गरी ल्याउने क्रममा गस्तीमा खटिएको सशस्त्र प्रहरीले मौलापुर नगरपालिका १ बाट ठुलो परिमाणमा मोटरसाइकलमा लोड गरिएको कपडा सहित दुईजनालार्इ पक्राउ गरेकाे हाे।

नगर परिषद् नहुँदा विकास निर्माणका कार्य अलपत्र

रौतहटका पाँच स्थानीय तहले दोस्राे नगर परिषद् हालसम्म सम्पन्न नगरेकोले विकास निर्माणका कार्य पूर्ण रुपमा प्रभावित बन्दै गएका छन्।

उर्जामन्त्री पुनलाई दुई सय दुई केजीको माला !

रौतहटको कटहरिया बजारमा उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन लाई २ सय २ केजीको माला लगाइएको छ। कटहरिया बजारमा नेकपा ले आयोजना गरेको बकैया र बागमती मजबुत बाध निर्माण तथा उर्जा सिँचाइ विकासको लागि आयोजित कार्यक्रममा मन्त्री पुन लाई २ सय २ केजीको मालाले स्वागत गरेका हन्।

रौतहटमा पुरुषको शव भेटियो

रौतहटमा एक पुरुषको शव भेटिएको छ।  रौतहटको वृन्दावन नगरपालिका ८ आँकडपाथर टोलको उत्तरपट्टि करिब एक किलोमिटर टाढा उखुबारीमा अपरिचित पुरुषको शव भेटिएको हो। शवको पहिचान खुल्न सकेको छैन्।

पेस्तोल सहित दुई पक्राउ

रौतहट प्रहरीले पेस्तोल सहित दुई युवकलाई साेमबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुजरा नगरपालिका वडा नम्बर १ का ३१ वर्षीय विशाल धामी र सोही ठाउँका २० वर्षीय मुन्ना धामी रहेका छन्।

सस्तोमा उखु बेच्न किसान बाध्य

रौतहटका उखु किसान गत वर्षको मूल्यभन्दा आधा कम मूल्यमा उखु बेच्न बाध्य भएका छन् । रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरमा सञ्चालित एक दर्जभन्दा बढी सख्खर उद्योगले उखु किसानलाई उचित मूल्य नदिएपछि गत वर्षको सरकारी मूल्यभन्दा आधाभन्दा पनि कम मूल्यमा उखु बेच्न बाध्य भएका हुन्।

रौतहटमा यसरी मनइयो छठ पर्व (फोटो  फिचर)

लोकआस्थाको महत्वपूर्व छठ पर्वको आज तेश्रो दिन वर्तालुहरु भक्तिभावका साथ रौतहट लगायत तराइका विभिन्न जिल्लाहरुमा वर्तालुहरुले अस्ताउदो सुर्यलाई अर्घ दिएका छन्।

रौतहटमा दुई पुरुषको वेवारिसे शव फेला

रौतहटको छुटाछुटै स्थानमा दुई पुरुषको शव फेला परेको छ। गरुडा नगरपालिका ८ जिगडिया र माधवनारायण नगरपालिका ६ माधोपुरमा शंकास्पद अवस्थामा पहिचान खुल्न नसकेको पुरुषको शव फेला परेको हो।

कटियाको मासु, जिब्रै रसाउने !

बरमझियाको पेडा, पालुङको मुला, भक्तपुरको दही अनि कलैयाको सेकुवाजस्तै रौतहटको कटियाले खाद्यक्षेत्रमा दह्रै उपस्थिति जनाएको छ । स्थानीय बज्जिका भाषामा कटियाको अर्थ माटोको ‘सानो घैँटो’ कोहिया पनि भन्ने गर्छ । पारम्परिक तरिका सँगै स्थानीय स्वाद समेटेर कोहियाभित्र खसीको मासु, प्याज र मसला मिसाएर माटोकै ढकनीले छोपेर कोइलाको रापमा पकाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्