७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

कारागारबाट रिहा भएका मेयर हेलिकप्टर चार्टर गरि गृहनगर पुगे

राैतहट - रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा सर्वोच्च अदालतबाट सफाइ पाएपछि हेलिकप्टर चार्टर गरि गृहनगर कटहरिया पुगेका छन्। शुक्रबार सर्वोच्चबाट सफाइ पाएका उनी शनिबार काठमाडौंबाटै हेलिकप्टर चार्टर गरि जनता माध्यमिक विद्यालय कटहरियाको प्राङ्गणमा उत्रेका थिए। उनलाइ नगरवासीले फुलमाला, खादा र दोसल्ला ओढाएर स्वागत समेत गरेका थिए।

मेयर कुशवाहा बिरगंज का कासी तिवारी हत्या कान्डमा गत बैशाख महिनामा काठमाडौंबाट पक्राउ परेका थिए। उच्च अदालत बिरगंजले उनलाइ सर्वस्व सहित जन्म कैदको फैसला सुनाएपछि उनलाइ सिआइबीको टोलिले बैशाख २६ गते काठमाडौंस्थित नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय सारदा घिमिरे र डम्बर शाहिको इजलासले मेयर कुशवाहालाइ सफाइ दिएको हो।

 

प्रकाशित: १४ पुस २०७५ ०८:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App