रौतहट - रौतहट प्रहरीले पेस्तोल सहित दुई युवकलाई साेमबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुजरा नगरपालिका वडा नम्बर १ का ३१ वर्षीय विशाल धामी र सोही ठाउँका २० वर्षीय मुन्ना धामी रहेका छन्।
रौतहटको चन्द्रपुर नगरपालिका १ बागमतीबाट पेस्तोल र त्यसका लाग्ने दुई थान गोलीसहित उनीहरुलार्इ प्रहरीले पक्राउ गरेको हाे। उनीहरुले स्थानीय क्षेत्रमा लागेकाे मेला हेर्न अाएका महिलाहरुलाई पेस्तोल देखाएर तर्साउन खोजेका थिए। स्थानीयले युवाहरुकाे बारेमा प्रहरीमा खबर गरेपछि उनीहरुलार्इ पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले बताए। उनीहरुकाे साथबाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली प्रहरीले बरामद गरेको छ। यस विषयमा अनुसन्धान थालिएको एसपी ढकालले जानकारी दिए।
प्रकाशित: ३ मंसिर २०७५ १४:०३ सोमबार