२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

रौतहटमा यसरी मनइयो छठ पर्व (फोटो  फिचर)

रौतहट – लोकआस्थाको महत्वपूर्व छठ पर्वको आज तेश्रो दिन वर्तालुहरु भक्तिभावका साथ रौतहट लगायत तराइका विभिन्न जिल्लाहरुमा वर्तालुहरुले अस्ताउदो सुर्यलाई अर्घ दिएका छन्। 

वर्तालुले शुद्धता तथा पवित्रताप्रति विशेष ध्यान दिनुकासाथै कडा नियमका साथ पूजाको तयारी गरिने यस चाडमा चोखो तथा शुद्धता मथि निकै ध्यान दिइरहेको पाइन्छ। छठको परम्परागत प्रसादको रुपमा चढाइने ठेकुवा र कसारका साथ–साथै विभिन्न प्रकारका मिष्ठान परिकार र पूजा सामग्रिको तयारीमा मंगलबार विहानैदेखि वर्तालुहरु जुटेका थिए। छठ पूजाको लागि वर्तालुहरुले जिल्लाभरीका अधिकांश नदी तथा जलाशयहरु सफा पारी पूजा गर्ने स्थान वरपर झिलिमिलि पारेका छन्। 

संसारलाई जीवन दिने भगवान भाष्कर (सूर्य देव)लाई विधिपूर्वक यो पर्वमा पूजा गर्ने चलन रहेको पण्डित जय प्रकाश मिश्रले बताए। चार दिनसम्म मनाइने यो पर्वको तेश्रो दिन मंगलबार सूर्य भक्तिमा लिन भएर पूजाआजा गर्दै साझ अस्ताउदो सूर्यलाई पहिलो अर्घ दिइन्छ भने भोलिपल्ट उदाउदो सूर्यलाई दोश्रो अर्घ दिएपछि विधिपूर्वक छठ समापन हुने पण्डित मिश्रले बताए।

दिपावलीको चारदिन पछि गोर्वद्धन पूजाको दिन विहानै पख छठ वर्त लिएका वर्तालुहरुले नजिकैको खेतबाट माटो ल्याएर चोखो चुल्हो बनाउँछन्। वर्तालुहरुले आफैले माटोको छुट्टै चुल्हो बनाएर सोमबार खरनाका दिन बेलुका सोहि चोखो चुल्होमा  खिर र रोटी लगायत विभिन्न फलफूलको अनुन् (विना नुन)को प्रसाद खाएर ३६ घण्टा लामो निर्जल र निरहार वर्त सुरु भइसकेको गौर–५ की शिला देवी झाले बताइन्। छोराको सरकारी जागिर भएपछि वर्त लिने भाकल पुरा भएको र पाँच वर्षदेखी छठीमाइको वर्त सुरु गरेको उनले बताइन्। आफु जस्तै गाउका अधिकांशले आफ्नो छोरा, छोरी, घर परिवारमा कुनै किसिमको रोग व्याधी नलागोस् र घर परिवारमा शान्ति होस भन्ने कामनाले यो वर्त गरिरहेको शिलाले बताइन्। 

सोमबार खरनाको बेलुकी पख पूजा पश्चात खाएको प्रसादको भरमा रहेर वर्त बसेका वर्तालुुहरुले अब सोमबार विहान उदाउदो सूर्यलाई अर्घ दिएपछि मात्र अन्न जल ग्रहण गर्ने चलन रहेको छ। लगातार ३६ घण्टासम्म निर्जल र निराहार भएर नदी पोखरी तथा जलाशयको किनारमा पूजा गर्दै बिहिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर घर फर्किने चलन छ।

छठ वर्त गर्दा शरीरका विभिन्न रोगहरु नाश हुनुका साथै सन्तान प्राप्ती हुने र परीवारमा सुख शान्ति छाउने आशा र विश्वास रहदै आएकोले तराइमा सबै भन्दा बढी श्रद्धा भक्तिका साथ छठ मनाइने भएकोले यसलाई महानपर्व पनि भन्ने गरिन्छ। 

रौतहट जिल्लाको सदरमुकाम गौर लगायत गंगा पिप्रा, शिवनगर, गरुडा, कटहरीया, मलाहिटोल चन्द्रनिगाहपुर लागयतका स्थानहरुमा हजारौं वर्तालुहरुले भक्तिभावका साथ आज अस्ताउदो सूर्यलाई अर्घ दिएका छन्। यता छठपर्वको अवसरमा जिल्लाको सुरक्षा व्यवस्था अत्यन्त कडापारिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले ले बताए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App