२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

स्रोत नखुलेको १९ लाखसहित दिदी-भाइ पक्राउ

स्रोत नखुलेको नगद १९ लाखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दोलखा विगु गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने ३५ वर्षीया साबित्री वली र काठमाडौं महानगरपालिका २३ न्यूरोड बस्ने २५ वर्षीय सुरेश वली रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले आइतबार काठमाडौं महानगरपालिका-१४ कलंकीबाट साबित्रीलाई स्रोत नखुलेको १५ लाख रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो।

साथै, थप अनुसन्धानको क्रममा साबित्री विगत एक वर्षदेखि काठमाडौं न्यूरोडस्थित भारतीय नागरिकको अफिसमा काम गर्ने बताए पश्चात् उक्त अफिस जाँच गर्ने क्रममा उनकै भाइ सुरेशको साथबाट थप ४ लाख फेला पारी उनलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २१ आश्विन २०८१ १८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App