रौतहट– अबिरल वर्षासँगैको बाढीपछि जमेको पानीमा डुबेर रौतहटमा एक बालकको मृत्यु भएको छ।
राजदेवी नगरपालिका ८ का सरोजराय यादवको २ वर्षीय छोरा सिद्धान्त रायको घर नजिकै जमेको पानीमा डुबेर मृत्यु भएको रौतहटका डिएसपी नवीन कार्कीले बताए। उनका अनुसार दिउँसो साँढे ३ बजे बजेको समयमा सिद्धान्त पानीमा डुबेका थिए।
पछिल्लो विवरण अनुसार रौतहटमा बाढी पहिरोबाट मर्नेको संख्या ९ पुगेको छ भने २ जना बेपत्ता छन्।
प्रकाशित: ३० असार २०७६ ११:२७ सोमबार