२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

लोकसेवाविरुद्ध रौतहटमा प्रदर्शन

रौतहट– लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाको लागि निकालेको विज्ञापनको विरोधमा रौतहटमा प्रदर्शन गरिएको छ। रौतहट सदरमुकाम गौरको विपि चौकमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। 

नेपालको संविधानले गरेका आरक्षणको व्यवस्थाको धज्जी उडाउँदै विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले लोक सेवा आयोगविरुद्ध प्रदर्शन गरिएको हो। विद्यार्थी जागरण समूहले गरेको प्रदर्शनमा प्रदेश राज्यमन्त्री योगेन्द्र यादव, गौर नगरपालिकाका मेयर अजय गुप्ता, विभिन्न समुदायका युवा, मुस्लिम, थारु, जनजातिहरुको सहभागिता रहेको थियो। 

लोक सेवा आयोगले गरेको विज्ञापन आदिबासी, जनजाति, मुस्लिम, मधेसी तथा महिला विरोधी रहेको भन्दै विज्ञापन खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिएको हो। 

प्रकाशित: २४ जेष्ठ २०७६ १०:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App