२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आजको लडाई जनादेश र परमादेशी बीचको होः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको लडाई जनादेशी र परमादेशी बीचको भएको बताएका छन्। नेकपा एमाले गण्डकी प्रदेशले मंगलबार पोखरामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘आजको लडाई जनादेशी र परमादेशी बीच छ।’

प्रदेश नं १ को नाम कोसी राख्न ओलीकाे सुझाव

प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हुन्।

एमसिसी अनुमोदनमा एमालेको समर्थन

‘संसद्बाट अनुमोदन भइसकेको एमसिसी राष्ट्रहित अनुकूल हुनेगरी कार्यान्वयन हुनुपर्दछ। पारित भइसकेको परियोजनाबारे राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ’, एमालेले भनेको छ।

एमसीसी संसदबाट पारित गर्न दिएर सभामुखले अर्को गल्ती गरे: ओली

अध्यक्ष ओलीले सभामुख अग्नीप्रसाद सापकोटाले संवैधानिक रुपमानै मृत भईसकेको एमसीसी सम्झौंतालाई संसदबाट पारित गर्न दिएर अर्को गम्भिर गल्ती गरेको आरोप लगाए।

प्रचण्ड र नेपालले एमसीसी पारित गराउन देउवालाई वचन दिएका छन्ः केपी ओली

अध्यक्ष ओलीले हिजो बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसीसी पास गर्ने वचन दिएको बताएका हुन्।

एमाले संसदीय प्रक्रियामा नै नरहेपछि एमसीसी कसरी पास गर्ने?

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने अवस्थामा नरहेको बताएका छन्।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्षबीच आज पुनः भेटवार्ता हुँदै

पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा प्रस्ताव भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा थप छलफल गर्ने गरी भेटवार्ता हुन लागेको हो।

गठबन्धन टुट्यो भने धुलोपिठो हुन्छः ओली

नेकपा एमालेको गण्डकी प्रदेश स्तरिय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलााई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आगामी स्थानिय चुनावमा गठबन्धन टुटाएर गए गठबन्धनमा आबद्ध दलहरू धुलोपिठो हुने दाबी गरेका हुन्।

गठबन्धनलाई उठ्नै नसक्नेगरी पछार्छौं: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सात दिन उठनै नसक्नेगरी पछार्ने चेतावनी दिएका छन्।

सत्ता गठबन्धन नै एमसीसीको विरुद्धमाः ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दलहरु सरकारमा बसेर आफै सडकमा उत्रेको भन्दै आलोचना गरेका छन्। अमेरिकी विकास सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को विरुद्धमा सत्ता गठबन्धन दलका कार्यकर्ता नै सडकमा उत्रिएको भन्दै ओलीले आलोचना गरे।

एमसीसी सदनबाट निष्कर्षमा पुग्ने वातावरण तयार भयो: सञ्चारमन्त्री कार्की

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा नेपाली कांग्रेस र नेकपा (एमाले) का अन्य शीर्षनेताहरूसमेत सहभागी उक्त छलफलमा संसद्को अवरोध हटाउने र एमसिसीलाई गहन छलफल गरेर सहमतिका साथ पारित गराउनेबारे कुराकानी भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

देउवाको आग्रह ओलीद्वारा अस्वीकार

भेटका क्रममा प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको रिजालको भनाइ छ।

गठबन्धनले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि लाठीचार्ज गराएः केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन आफैंले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि लाठीचार्ज गराएको आरोप लगाएका छन्।

अब हामी जनअदालत चलाउँछौं : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने बताएका छन्।

प्रचण्ड र माधव नेपालको पार्टीमा गएकाहरु एमालेमै आउनुस, देश बनाउने अभियानमा लागौं: केपी ओली

अध्यक्ष ओलीले अब एक वर्ष भित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हटने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्