१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवा र एमाले अध्यक्षबीच आज पुनः भेटवार्ता हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुने भएको छ।

पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा प्रस्ताव भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा थप छलफल गर्ने गरी भेटवार्ता हुन लागेको हो।

प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई उनकै निवास बालकोटमा भेट्ने कार्यक्रम तय भएको स्रोतको भनाइ छ। भेटघाट ३ बजेपछि हुँदैछ।

केही दिनयता प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्ष दलका नेता ओलीबीच पटकपटक भेटवार्ता भइरहेको छ। यसअघि भएका भेटवार्ताका विषयलाई निष्कर्षमा पुर्याउने गरी आज पुनः भेटघाट हुन लागेको जनाइएको छ।

प्रकाशित: १४ फाल्गुन २०७८ ०७:०६ शनिबार

उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवा अध्यक्ष केपी शर्मा ओली