११ मंसिर २०८१ मंगलबार
image/svg+xml

जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

प्राणघातक कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ। साथै बिटीएस कन्सर्ट समेतका सबै मनोरञ्जनात्मक कार्यक्रमहरु बन्द गरिएको छ भने मानिसहरु जमघट हुने ठूला कार्यक्रमहरुमा रोक लगाइएको छ।

कोरोना भाइरसबाट बच्न संवेदनशील बनौँ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसबाट बच्न संवेदनशील हुन अपिल गरेका छन्।

कोरोना त्रास, कोरिया, जापानका पर्यटकको बुकिङ पनि रद्द

नेपाल आउन चाहेका चिनियाँ पाहुनाको बुकिङ करिब शतप्रतिशत रद्द भइसकेको छ भने जापान, कोरियालगायत मुलुकका पर्यटकले पनि धमाधम बुकिङ रद्द गर्न थालेका छन्।

मृत्यु हुनेको संख्या दुई हजार आठ सय नाघ्यो, जापानबाट एक सय २४ को उद्धार

कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेको संख्या दुई हजार आठ सय नाघेको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख ट्रेडोस अधानोमका अनुसार कोरोना भाइरसबाट चीनमा दुई हजार सात सय ४७ र अन्य देशमा ५४ गरी दुई हजार आठ सय १ पुगेको छ।

चिनियाँ सामानको कृत्रिम अभाव, पर्यटन व्यवसाय प्रभावित

चीनमा देखिएको कोरोना भाइरसको असर रुपन्देहीको पर्यटनका साथै अन्य व्यवसायिक क्षेत्रमा पनि देखिएको छ। मंसिरबाट भाइरस देखिएको र विस्तारै व्यापार व्यवसायमा असर परेका कारण रुपन्देहीको समग्र पर्यटन व्यवसायसहित इलेक्ट्रीक र अन्य दैनिक उपयोग्य सामानहरुको अभाव हुन थालेको छ।

कोरोना महामारी र नेपालको तयारी

कोरोना प्रकोप रोकथाम भनेको चीनबाट १ सय ७५ नेपालीको उद्धार र तिनलाई क्वारेनटाइनमा राख्नु मात्र हो भन्ने ठानिएको देखिन्छ।

कोरोनाको प्रभाव सुनको मूल्यमा

’सुनचाँदीको मूल्यलाई आन्तरिकभन्दा पनि बाह्य कारणले प्रभाव पार्ने गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तथा दरभाउ समितका संयोजक तेजरत्न शाक्य अहिलेको मूल्यवृद्धिका पछाडि कोभिड–१९ (कोराना भाइरस) मुख्य कारण भएको बताउँछन्।

कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि सुरु

कोरोना भाइरस उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीले जनाएका छन्। विश्वभर विभिन्न ५० स्थानका चार सय बिरामीलाई परीक्षणका लागि यो औषधि खुवाउने तयारी भइरहेको छ।

इरानी उप–स्वास्थ्यमन्त्रीलाई संक्रमण पुष्टि

इरानका उप–स्वास्थ्य मन्त्री इरज हरिर्चीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्। इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको यो पहिलो घटना हो।

‘दक्षिण कोरियामा कोरोना भाइरस फैलियो, उद्धारको तयारी के छ’

नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको र नेपाली कामदारसमेत त्यसबाट प्रभावित हुन लागेको जनाउँदै प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ। चीनबाट उत्पन्न भएको भनिएको कोभिड–१९ विश्वव्यापीरुपमा फैलिएको र पछिल्लो दिनमा कोरियामा समेत त्यसले प्रभाव पारेकाले त्यहाँका नेपालीको अवस्था के कस्तो रहेको छ भन्नेबारेमा यथार्थ जानकारी गराउन सांसदले माग गरे।

कोरोना, कोरिया र नेपाल

चीनबाट १७५ नेपाली ल्याउन त ठूलै युद्ध जितेजस्तो भएको सरकारका लागि दक्षिण कोरियाको सिउलमा कार्यरत १ हजार मात्रै नेपाली स्वदेश फर्काउन प¥यो भने के होला हालत ?

कोरियामा रहेका नेपाली संघ संस्थालाई एक भएर समन्वय गर्न देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपाली संघ संस्थालाई एक भएर समन्वय गर्न आग्रह गरेका छन्। नेपाली जनसम्पर्क समिति कोरियालाई एक पत्र लेख्दै देउवाले कोरोना भाइरस (कोबिड १९) को संक्रमणले अहिले विश्वका कयौं मुलुक प्रभावित रहेको र कोरियामा रहेका नेपालीहरुको सुरक्षा संवेदनशीलता प्रति आफ्नो चासो बढेको बताएका छन्।

कोरोनाबाट इटालीमा चार जनाको मृत्यु

इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै सङ्क्रमणबाट मृत्यु भएको हो।

कोरियाको कोरोना प्रभावित क्षेत्रमा हजार नेपाली

चीनबाट सुरु भएको नोवल कोरोना भाइरस दक्षिण कोरियामा समेत फैलिएपछि नेपाली कामदार त्रसित भएका छन्।

कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि नेपाली समुदाय त्रसित

कोभिड–१९ भनिने कोरोना भाइरसको संक्रमण बढेपछि दक्षिण कोरियामा रहेका नेपालीहरुमा त्रास छाएको छ। पछिल्लो हप्ता कोरियामा कोरोनाको संक्रमणदर बढेको समाचार संस्था एएफपीले बताएको छ। कामको सिलशिलामा दक्षिण कोरियामा करिव ५० हजार नेपाली रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्