११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

कोरियामा रहेका नेपाली संघ संस्थालाई एक भएर समन्वय गर्न देउवाको आग्रह

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपाली संघ संस्थालाई एक भएर समन्वय गर्न आग्रह गरेका छन्। नेपाली जनसम्पर्क समिति कोरियालाई एक पत्र लेख्दै देउवाले कोरोना भाइरस (कोबिड १९) को संक्रमणले अहिले विश्वका कयौं मुलुक प्रभावित रहेको र कोरियामा रहेका नेपालीहरुको सुरक्षा संवेदनशीलता प्रति आफ्नो चासो बढेको बताएका छन्।

उनले नेपाल सरकार र नेपाली दूतावास मार्फत हुन सक्ने आवश्यक सजगता बारे पहल गर्ने पनि पत्रमा भनिएको छ।
विशेष गरी संक्रमण फैलिएको थेगु शहरमा रहेका नेपालीलाई तत्कालै युद्धस्तरमा सतर्क गराउन तथा कोरियाको अन्य शहरमा पनि विभिन्न पेशा र व्यवसायमा संलग्न, अध्ययनरत विद्यार्थी एवं श्रममा संलग्न सम्पूर्ण नेपाली बीच आवश्यक सम्पर्क, सूचना सम्प्रेषण र सतर्कताका लागि उनले अपिल गरेका छन्।

 

 

प्रकाशित: १२ फाल्गुन २०७६ १०:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App