११ मंसिर २०८१ मंगलबार
image/svg+xml

विज्ञको चेतावनी: नेपालमा केही दिनभित्रै कोरोना महामारी भयावह हुँदैछ

चिकित्सकहरुले कोभिड १९ रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने बताएका छन् । सरकारले कोभिड १९ रोकथामका लागि गरेको कामको प्रकृति हेर्दा केही हप्ता भित्र नै संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने संकेत देखिएको चिकित्सकहरुले बताएका छन् ।

पछिल्लो २४ घन्टामा ३१५ जनामा कोरोना, संक्रिमतकाे संख्या २० हजार नाघ्यो

पछिल्लो २४ घन्टामा सात हजार ७४ जनाको आरटि पिसिआर परीक्षण गरिएको छ । सो मध्य तीन सय १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख ८३ हजार नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८३ हजार ३८९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले शनिबार जानकारी दिएको छ ।

भारतमा कोरोनाबाट एकैदिनमा ५७ हजार बढी संक्रमित

भारतमा कोरोना भाइरसबाट एकैदिनमा संक्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा संक्रमित भएका मध्ये अहिलेसम्मकै सबै भन्दा धेरै हो । अधिकारीहरुले शनिबार विहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ११७ संक्रमित भएका छन् ।

सुरक्षा गणमै फैलियो कोरोना

सदरमुकामस्थित सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणका थप १७ जनामा कोरोना पोजिटिभ देखिएको छ । यसअघि डिएसपीसहित १० जना संक्रमित रहेको गणमा शनिबार आएको नतिजासँगै संक्रमितको संख्या २७ पुगेको हो ।

ब्राजिलमा २४ घन्टामा ५२ हजार भन्दा बढी संक्रमित

ब्राजिलमा पछिल्लो २४ घन्टामा ५२ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । ब्राजिलमा २४ घन्टा यता मात्र करिब ५२ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

लापरबाहीले भयावह बन्दै संक्रमण, भारतीय कामदारबाट जोखिम

कोरोना संक्रमणबाट बिहीबार जगदम्बा इन्टरप्राइजेजका ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृत (सिइओ) को नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा मृत्यु भयो। भारतीय नागरिक उनको मृत्युसँगै इन्टरप्राइजेजका सम्पूर्ण कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ।

भियतनाममा शून्य मृत्यु दरको गौरवमा धक्का

दक्षिणपूर्वी एसियाली देश भियतनाममा भाइरसका कारण शुक्रबार एकजनाको मृत्यु भएपछि शून्य मृत्यु दरको गौरवमा धक्का लागेको छ।

कोरोना संक्रमणले एकैदिन चारजनाको मृत्यु

जोखिमको मात्रा बढ्दै गएपछि विराटनगर महानगरपालिकासहितका केही स्थानीय तह र जिल्लाले फेरि केही समयका लागि लकडाउन घोषणा गरेका छन् । केन्द्र सरकारले पनि अवस्थाको मूल्यांकन गर्दै आवश्यक निर्णय लिने तयारी गरेको छ ।

फुलमाया

यस्तो दुःखको घडीमा साथ दिने न आफन्त नै भए, न गाउँले नै। फूलमायाको शवलाई डोकोमै बोकेर वीरबहादुर रुँदैरुदै घाटतिर .लाग्यो। त्यसको हप्ता दिनपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘फुलमायाको कोरोना संक्रमण नेगेटिभ’ भन्ने तात्तातो रिर्पोट आयो।

नारायणी कोभिड अस्पतालबाट शुक्रबार १८ जना संक्रमित डिस्चार्ज

वीरगन्जस्थित नारायणी अस्थाई कोभिड अस्पताल गण्डकबाट शुक्रबार पर्साका १८ जना कोरोनाको संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन्। उनीहरुको पछिल्लो दुईवटा परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका संयोजक डाक्टर निरज सिंहले बताएका छन् ।

बजारहरूमा मानिसको भिडभाडले बढायो कोरोनाको जोखिम

केहि दिनदेखि छिमेकी जिल्ला पर्साको वीरगन्जमा लकडाउन रहेकै अवस्थामा कोरोना भाइरसको कारणले दिनहुँ जसो मानिसको मृत्यु भैरहेको घटना सार्वजनिक भएपनि बाराका बजारहरुमा मानिसको भिडभाड बढेसँगै कोरोना भाइरसको जोखिम बढाएको छ।

थप ४ जनाकाे मृत्यु, नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५६ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट एकैदिन ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

जगदम्वा इन्टरप्राइजेजको लापरबाहीले गयो सिइओको ज्यान

कोरोना संक्रमणबाट बिहीबार जगदम्बा इन्टरप्राइजेजका ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृतको (सीईओ) नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भयो। भारतीय नागरिक उनको मृत्युसँगै इन्टरप्राइजेजका सम्पूर्ण कर्मचारीहरुलाई क्वारेन्टिन गरिएको छ।

थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा दुई सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार सात सय ८६ नमुना परीक्षण गर्दा दुई सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्