९ मंसिर २०८१ आइतबार
image/svg+xml

आन्दोलित स्थानीय र चिनी उद्योगबीच सहमति

उद्योगले प्रदूषण नियन्त्रण गर्नुपर्ने माग राखेर आन्दोलित स्थानीय बासिन्दा र इन्दुशंकर चिनी उद्योगबीच सहमति भएको छ।

प्रदूषणको विरोधमा इन्दुशंकरमा तालाबन्दी

इन्दुशंकर चिनी उद्योग हरिवनले प्रदूषण नियन्त्रणमा कुनै ध्यान नदिएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयले बुधबार उद्योगको मूलगेटसहित उखु ढुवानी हुने गेटमा तालाबन्दी गरेका छन्।

चिनी मिलबाट निस्कने प्रदूषित पानी सिधैँ खोलामा, कारबाही गर्न स्थानीयको माग

कलैया उपमहानगरपालिका २४ श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालीले उद्योगबाट निस्कले फोहोर पानीलाई प्रषोधन नै नगरी सिँधै बगरी खोलामा छोडने गरेको छ।

चिनी उद्योग अगाडि उपमेयर र वडाध्यक्ष नै धर्नामा

ईन्दशंकर चिनी उद्योग हरिवनले प्रदुषण नियन्त्रणमा कुनै ध्यान नदिएको भन्दै स्थानीयबासी आन्दोलनमा उत्रिएका छन्।

चिनी उद्योगको प्रदूषणविरुद्ध संघर्ष समिति

पटक पटक आग्रह गर्दा पनि ईन्दुशंकर चिनी उद्योगले प्रदुषण नियन्त्रणमा कुनै चासो नदिएको भन्दै स्थानीयले संघर्ष समिति गठन गरेका छन्।

उखु किसानको भुक्तानी नदिनेलाई कारबाही गर्छौं: सञ्चारमन्त्री बाँस्कोटा

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उखु खरिद गरी चिनी उत्पादन गर्ने र चिनी अयात गरी व्यापार गर्नेहरु एउटै हुँदा समस्या आएको बताएका छन्।

गुलियो चिनीमा मिसिएको आँसु

चिनी मिठोको विशेषण पनि हो। तर त्यही चिनी बनाउने उखु हिजोआज आँसुको कथाले भरिएको छ। किसानले उखुको पैसा भुक्तानी नपाउँदा आन्दोलनमै उत्रिनु परेको छ। उनीहरुले हरेक सिजनमा बेचेको उखुको पैसा चिनी मिलसँग मागे। तर अँह! पैसा पाएनन्। त्यहीँबाट सुरु हुन्छ उनीहरुको पीडाको कथा।

विषसमान सेतो चिनी !

शरीरको प्रतिरक्षा प्रणाली कमजोर बन्ने र विभिन्न पदार्थको एलर्जी हुनुमा अधिक चिनी खानु प्रमुख कारण रहेको पुष्टि भएको छ।

अवैध रुपमा सेतोचिनी संकलन गर्ने एक पक्राउ, तीनविरुद्ध पक्राउ पुर्जि जारी

शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज वन क्षेत्रमा पाइने खिराङ्गलो अवैध रुपमा संकलन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज अन्तरगत रहेको त्रिपुरासुन्दरी मध्यवर्ती वन क्षेत्रमा पाइने खिराङ्गलो(सेतो चीनी) अवैध रुपमा संकलन गरेको आरोपमा त्रिपुरासुन्दरी नगरपालिका-१ रल्लीका ठेकिलाल कुलाललाई निकुन्जबाट खटिएर गएको नेपाली सेनाले पक्राउ गरेको हो।

‘नेपालमा उत्पादित चिनी महँगिनुको जवाफ उद्योगीहरुले दिनुपर्छ’

उद्योगमन्त्री लेखराज भट्टले भारतबाट आयातित चिनीको मूल्य भन्दा नेपालमा उत्पादित चिनी महँगो हुनुको कारणको जवाफ उद्योगीहरुले दिनुपर्ने बताएका छन्।

सरकारले पनि ठग्यो

चिनी उद्योगीबाट वर्षौंदेखि उखुको भुक्तानी नपाएका किसानले सरकारबाट समेत ठगिएको गुनासो गरेका छन्। समयमै भुक्तानी नदिने उद्योगीलाई कारवाहीको चेतावनी दिने सरकार आफैंले झन्डै एक वर्ष हुन लाग्दा पनि किसानलाई अनुदान रकम उपलब्ध गराएको छैन। गत पुसदेखि उखु बेचेका किसानको सरकारी अनुदान रकम केही दिनअघि मात्र कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) मलंगवामा निकासा आएको छ। त्यो पनि कुल अनुदान रकमको ६८ प्रतिशत मात्र भुक्तानीका लागि अख्तियारी आएको हो।

पर्वमा पनि चिनी कम बिक्री

चिनीको बढीमागहुने चाडपर्वको समयमापनि सोचे जस्तो चिनीबिक्रीनभएको उद्योगीले गुनासो गरेका छन्। विगतमाउद्योगीले चिनीको अभाव देखाएर कालोबजारी गर्न खोजेको आरोप लाग्ने गरेकोमा यसपटक उनीहरु आफैंचिनीपर्याप्त रहेको र बिक्रीहुननसकेको बताइरहेका छन्। उनीहरुले गतभदौयता ३० हजार मेट्रिक टन मात्रचिनीबिक्रीबताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्