९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

उखु किसानको भुक्तानी नदिनेलाई कारबाही गर्छौं: सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं– सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उखु खरिद गरी चिनी उत्पादन गर्ने र चिनी अयात गरी व्यापार गर्नेहरु एउटै हुँदा समस्या आएको बताएका छन्। 

मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले चिनी उत्पादक र व्यापारीको एउटै नाम आएको बताउँदै उनिहरुले नै चिनीको कृत्रिम अभाव र कालोबजारी गर्ने तथा उखु किसानहरुलाई भुक्तानी नगरेको बताए।  उनले उखु किसानको समस्या दीर्घरोग जस्तो बनेको बताउँदै यो समस्या हरेक वर्ष उठ्ने गरेको बताए।

उनले किसानले उखुको भुक्तानी मात्र नपाउने नभई उद्योगीहरुले सरकारले किसानलाई उपलब्ध गराएको अनुदान समेत नदिने गरेको बताए। भुक्तानी नदिनेहरुलाई सम्बन्धित मन्त्रालयले कडा कदम चालेको बताउँदै मन्त्री बाँस्कोटाले गृह मन्त्रालयले समेत समातेर क्षतिपूर्ति दिलाउने कामका लागि पहल गरिरहेको जानकारी दिए। 

उनले किसानलाई सरकारले दिने अनुदान पठाउने माध्यम ठिक नभएको बताउँदै किसानको हातमा सिधै जाने बाटोको खोजि गरिरहेको समेत जानकारी दिए।

अहिले उखु किसानलाई सरकारले दिने अनुदान सम्बन्धित चिनी मिल सञ्चालक मार्फत उपलब्ध गराउँदै आएको छ। तर उखु मिल सञ्चालकहरुले किसानलाई सरकारले अनुदान दिएको रकम सँगै उखुको भुक्तानी समेत समयमा नदिँदा उखु किसानहरु आन्दोलित भएका छन्। सरकारले उखु किसानलाई प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने गरेको छ। 

प्रकाशित: १७ पुस २०७६ ११:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App