६ भाद्र २०८३ शनिबार
image/svg+xml

कानुनमन्त्री गौतमले आठ वर्षअघि भनेको ‘बलात्कार र झापडमा फरक छैन’ भन्ने पुरानो भिडियो फेरि भाइरल!

आठ वर्षअघिको एउटा अन्तर्वार्ताको भिडियो अहिले सामाजिक सञ्जालमा पुनः भाइरल बनेको छ।

अस्पतालमा नयाँ मेसुको प्रवेशसँगै खैलाबैला : तीन चिकित्सकको राजीनामा

मन्त्रालयले अस्पताल सुधार गर्ने जिम्मेवारी दिएर पठाएको भन्दै उनले सबभन्दा पहिला कर्मचारी र चिकित्सक तथा स्वास्थ्यकर्मी सही भएपछि मात्र अन्य सुधारका काम गर्न सकिने भन्दै सहयोग लिने कोसिस गर्दा विवाद उत्पन्न भएको हो।

राजनीतिमा अन्धसमर्थन र निन्दा मात्रै देखिन थाल्यो: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय नेता तथा कार्यकर्ताहरूले आलोचना र निन्दा बीचको भिन्नता छुट्याउन छाडेको बताएका छन्।

मंसिर कटाएर महाधिवेशन गर्ने सुविधा छैन, सर्वोच्चले कांग्रेसको वैधानिकता ख्याल गर्नेछ: शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको वैधानिकतामा असर नपर्ने गरी सर्वोच्च अदालतबाट फैसला आउनेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन्।

गृहमन्त्रीसँग वार्ता गर्न गरिमाका आमाबुवासहित ६ जनालाई काठमाडौं लगियो

बलात्कार गरी हत्या गरिएकी सिमराकाकी तीन वर्षीया गरिमा चौधरीका आमाबुवा सहित ६ जनालाई आज गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्न काठमाडौं लगिएको छ।

अमेरिकासँगको युद्धमा इरान विजयी भएको कुरा विश्वले स्वीकार्‍यो : राष्ट्रपति पेजेश्कियान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अभूतपूर्व स्तरको आर्थिक दबाब र एक्लोपन लागू गर्ने योजना बनाएका छन्, जसले तेहरानलाई आफ्नो आणविक कार्यक्रम अन्त्य वा बन्द गर्न बाध्य पार्ने लक्ष्य राखेको छ। यो नयाँ नीतिले इरानसँग व्यापार गर्ने अन्य देशहरूलाई पनि समेट्न सक्ने बताइएको छ।

झलनाथ भन्छन्: कम्युनिष्टको मुख्य सत्रु बन्यो रास्वपा

नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ‘दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि’को संज्ञा दिएका छन्।

म्यानमारको गुम्बामा हवाई आक्रमण : ध्यान गरिरहेका १४ जनाको मृत्यु

मानिसहरू ध्यानका लागि भेला भइरहेको समयमा सेनाले गरेको हवाई आक्रमणमा उनीहरूको ज्यान गएको विद्रोही लडाकुहरूले बताएका छन्।

नेपाली प्रविधि ‘टिङटिङ’ श्रीलङ्काको टेलिकम कम्पनी डायलगमा

नेपालमा विकास भएको सूचना प्रविधि विदेशमा विस्तार हुने क्रमसँगै एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ श्रीलङ्काको प्रमुख दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटाको बजारमा प्रवेश गरेको छ।

चुनावअघि संगठन कस्ने रणनीतिमा रास्वपा

रास्वपाले निर्वाचनलाई केवल उम्मेदवार घोषणा गर्ने प्रक्रियाका रूपमा नभई केन्द्रीय नेतृत्वलाई स्थानीय तहसम्म पुर्‍याएर संगठन र मतदाता दुवैसँग प्रत्यक्ष जोडिने अभियानका रूपमा अघि बढाउन खोजेको छ।

ब्याटिङ चल्न नसक्दा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित

अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एन्ड टी–२० सिरिज’ अन्तर्गत आफ्नो खेलमा नेपाल बंगलादेश हाई पर्फर्मेन्स (एचपी) ११ सँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको छ।

चर्चित अमेरिकी गायिका जेसिका लिन नेपाल आउँदै

नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी कला तथा संगीत दूत कार्यक्रमअन्तर्गत उनी नेपाली कलाकारहरूसँग सहकार्य गर्न र प्रत्यक्ष प्रस्तुति दिन नेपाल आउन लागेको जानकारी गराएको हो।

भाडा तिर्न नसकेपछि डोजर चलेकै ठाउँमा फर्किए सुकुम्बासी

घर भत्काइयो, बस्ती हटाइयो, बस्ने ठाउँ खोज्न भनियो। तर, न सरकारले जग्गा दियो, न अस्थायी आवासको व्यवस्था गर्‍यो। घरभाडा तिर्न नसकेपछि कोहलपुर–११ शान्तिनगरका विस्थापित परिवार फेरि त्यही ठाउँमा फर्किएका छन्, जहाँ केही समयअघि नगरपालिकाले डोजर चलाएर उनीहरूको घरटहरा भत्काएको थियो।

बलात्कारका घटना बढ्नुमा पुरुषको मानसिकता जिम्मेवार छ : नेतृ अधिकारी

उनले सबै पुरुष वा केटाहरू नभए पनि जति पनि यस्ता अपराधमा संलग्न छन्, ती शतप्रतिशत पुरुष र केटाहरू नै रहेको तथ्यांकले देखाउने प्रस्ट पारिन्। घुमाउरो कुरा नगरी प्रत्यक्ष रूपमा समस्या कहाँ छ त्यहीँ नै समाधान खोज्नुपर्ने उनको भनाइ छ।

गरिमा ह’त्या प्रकरण: १० जनाविरुद्ध किटानी जाहेरी दर्ता

बाराको सिमरास्थित तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पीडित परिवारले १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कलैयामा किटानी जाहेरी दर्ता गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्