५ मंसिर २०८१ बुधबार
image/svg+xml

कृषिलाई पछि पर्न दिन्नौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको विकासमा सरकारले सहयोग गर्ने बताएका छन्। ओलीले कृषि क्षेत्रलाई पछि पर्न नदिने प्रतिबद्धता जनाए। नेकपानिकट अखिल नेपाल किसान महासंघको पहिलो केन्द्रीय कमिटीले बुधबार राजधानीमा आयोजना गरेको शपथग्रहण कार्यक्रममा ओलीले यस्तो धारणा राखेका हुन्।

कृषिमा नेपालको ठूलो श्रम शक्ति अलमलियोः मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले परम्परागत कृषिका कारण नेपालको ठूलो श्रम जनशक्ति अलमलिएको बताएका छन्। उनले विगतदेखि नै परम्परागत रुपा कृषि गर्ने तर व्यवसायिक बन्न नसक्दा त्यहि कृषिमा ठूलो श्रम शक्ति अलमलिएकाले त्यो जनशक्ति अन्यत्र परिचालन गर्नुपर्ने बताए।

कृषिमा प्रचुर सम्भावना बोकेको हाँडीखोलामा देशकै ठूलो कृषि केन्द्र बन्दै

अलिपरबाट झट्ट हेर्दा कुनै तारे होटल वा रिसोर्ट झैं लाग्ने आकर्षक कटेज, मनोरम पोखरी, डाले घाँसका बोट अनि उखुजस्तै देखिने नेपियर घाँसका बुट्यान, साना साना खोर अनि खोरभित्र आकर्षक स्थानीय जातका कुखुरा तथा हेर्दा स्थानीय झैं लाग्ने उन्नत जातका गिरीराज, लोहाटन, हेमसरा लगायतका कुखुरा अनि ठूला दुईतले कटेजको भुइँतलामा अलग अलग गाई, भैंसी तथा पाडापाडी, माथिल्लो तलामा ब्रोइलर र लेयर्स जातका कुखुरा, पोखरीमा माछा अनि तैरिरहेका हाँस, बारीमा मौसमी तथा बेमौसमी तरकारी, कृषिप्रति रुचि राख्ने जो कोहीको मन लोभ्याउने यो दृश्य हो प्रदेश नं ३ को राजधानी हेटौँडासँग सीमा जोडिएको मनहरी गाउँपालिका, हाँडीखाला, मसिनेस्थित भिजन अफ मकवानपुर एग्रिकल्चरको।

बैंकबाट रकम ट्रान्सफर गरी ५३ लाख लुटपाट, महिलासहित १० जना पक्राउ

प्रहरीले कृषि विकास बैंकको रकम ट्रान्सफरगरी लुटापाट गरेको आरोपमा १० जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार राती अबेरसम्म प्रहरीले उनीहरलाई काठमाडौ र काठमाडौ बाहिरबाट नियन्त्रणमा लिएको हो ।

एकैपटक ३ हजार कर्मचारी हटाइएपछि आन्दोलन

सरकारले एकैपटक करिब ३ हजार कृषि तथा भेटेरिनरी प्राविधिक कर्मचारीलाई सेवाबाट हटाएको छ। ‘एक गाउँ एक प्राविधिक’ नाराअन्तर्गत २०७२ सालमा भर्ना गरिएका कृषि तथा भेटेरिनरी कर्मचारीलाई अर्थ मन्त्रालयले २०७६ भदौ ३१ मा निर्णय गरी सेवाबाट हटाउने निर्णय गरेको हो। पुराना हटाएर अर्थले नयाँ भर्ना लिन सकिने व्यवस्था गरेको छ। यसका लागि मन्त्रालयले बजेट पनि छुट्टयाएको छ।

६ करोड खर्च गर्दै कृषि ज्ञान केन्द्र

कृषि ज्ञान केन्द्र खोटाङले चालु आर्थिक वर्षमा ६ करोडभन्दा बढी बजेटबाट कृषिसम्बन्धी कार्यक्रम गर्ने जनाएको छ। कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष ०७६/७७ मा कृषिसम्बन्धी कार्यक्रमतर्फ चार करोड ७३ लाख ७४ हजार तथा कार्यालय सञ्चालन र तलब भत्तातर्फ एक करोड ४१ लाख ४८ हजार गरी कुल ६ करोड १५ लाख २३ हजार बराबरको कार्यक्रम गर्ने जानकारी दिएको छ।

कृषि परियोजनाको बजेट ११ करोड

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चालू आर्थिक वर्षका लागि १० करोड ९१ लाख रुपैयाँ खर्च गर्ने गरी बजेट तथा कार्यक्रम आइतबार सार्वजनिक गरेको छ।

अन्न भण्डार क्षेत्रनै परेन कृषि प्राथमिकतामा

नेपालकै अन्न भण्डारको रुपमा चिनिने मर्चवारमा कृषि प्राथमिकतामा परेको छैन्। मर्चवार क्षेत्रका गाउँपालिकाले यस वर्ष पनि भौतिक पूर्वाधारलाई नै प्राथमिकता दिइ योजना अघि सारेका छन्।

कहाँ गयो ३७ अर्ब ?

डेढ वर्षको अवधिमा विभिन्न बैंकले कृषि क्षेत्रमा ३७ अर्ब १२ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेका छन्। यसमध्ये नेपाल राष्ट्र बैंकले एक अर्ब ५५ करोड रुपैयाँ अनुदान दिएको छ। तर यो कर्जा किसानले पाए वा बिचौलियाको खल्तीमा गयो भन्नेबारे अहिलेसम्म अनुगमन गरिएको छैन।

कृषिमा रमाउँदै गोगनेका नेपाल

टेम्केमैयुम गाउँपालिका–८ गोगनेका शम्भुप्रसाद नेपाल अहिले व्यावसायिक कृषि कर्ममा रमाएका छन्। दानाबोटे फलफूल तथा कृषि फर्म दर्ता गरेका नेपालले बारीमा अहिले कागती, ड्रागनफ्रुटलगायतका फलफूल लगाएका छन्।

राष्ट्रिय कृषि गणनाको तयारी हुँदै

राष्ट्रिय कृषि गणना २०७८ को तयारीस्वरुप धमाधम सरोकारवाला निकायसँग छलफल भइरहेको छ। यसै सन्दर्भमा केन्द्रीय तथ्यांक विभागले बिहीबार हेटौंडामा कृषि गणनामा समेटिने विषयवस्तुबारे हेटौंडामा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गरेको छ।

अपांगताको वैशाखी बन्यो कृषि

२००८ सालमा जन्मिएका गुमानध्वज तामाङ इन्द्रावती गाउँपालिका–४ स्थित पाडामरुवा तल्लो गाउँमा बस्छन्। उनी सारसौँधै थिए। तर २०७२ को भूकम्पले धेरैको घरमात्र भत्काए पनि उनको भने झण्डै ज्यानै लिएन। ‘घर भत्कँदा हरमुन्तिर पूरै थिच्यो। झण्डै मरिनँ। तर पनि अपांग भएर बाँच्नुपरेको छ,’ खोच्याउँदै बल्लतल्ल हिँड्ने गुमानध्वजले पीडा सुनाए।

पाकिस्तानमा कृषि उत्पादनको मूल्य आकासियो

आर्थिक संकटको पीडा खेप्दै आएको पाकिस्तानमा कृषि क्षेत्रका उत्पादनहरुको मूल्य अकासिएको छ। राष्ट्रिय ढुकुटी रित्तिदै जाँदा त्यसको असर कृषि क्षेत्रमा देखा परेको हो। हाल पाकिस्तानको मुद्रास्फीति दर दोहोरो अंक नजिक छ।

कृषि र पशुपालनमा साढे २९ करोड लगानी

धुलिखेल नगरपालिकाले आगामी चार वर्षभित्र नगरलाई कृषि उपज र पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउन २९ करोड ४३ लाख रुपैयाँ खर्च गर्ने भएको छ।

कृषि मन्त्री खनाललाई डेंगी संक्रमण

कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगी संक्रमण भएको छ। मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि उनी अस्पताल पुगेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्