२४ असार २०८१ सोमबार
image/svg+xml

मनसुनजन्य विपत्बाट सवा १२ अर्बको क्षति

यस वर्ष मनसुनी वर्षाजन्य विपत् कारण १२ अर्ब ३० करोड ५६ लाख रूपैयाँबराबरको क्षति पुगेको छ । त्यसैगरी ९२ जनाको ज्यान गएको छ ।

सम्पर्कमा आए सिक्किममा बेपत्ता भएका पाँच नेपाली

भारतको सिक्किममा गएको पहिरो तथा टिस्टा नदीको बाढी पछि सम्पर्कबिहीन भएका इलामका पाँच जना परिवारको सम्पर्कमा आएका छन्।

कसैले सुनेन गजुरीका पहिरो विस्थापितका पीडा

गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन्। विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन्।

सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व

तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व भएको छ।

पहिरोका कारण बैतडीका दुई विद्यालय भवन जोखिममा

दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका–४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिराको जोखिममा परेका हुन्।

मुस्लो छोड्दै जुरे पहिरोबाट डाँडै खस्यो

नौ वर्ष अघि तीन गाउँ सुलुत्त बगाएर १ सय ४५ को ज्यान लिएको जुरे पहिरोबाट सोमबार फेरि ठुलो सुख्खा पहिरो झरेको छ।

पहिरो खस्दा नारायणगढ मुग्लिन सडक अवरुद्ध

पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।आज बिहान टोपे खोलामा खसेको पहिरोको कारण मुग्लिन नारायणगढ सडक बन्द भएको हो।

पाल्पामा जिपमाथी पहिरो खस्दा तीन जनाको मृत्यु

गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

बागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा

भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन्। जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन्। वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन्।

मौसम र बाढीपहिरोको सूचना प्रवाहलाई थप भरपर्दो बनाउँछौं: मन्त्री बस्नेत

सरकारले जल तथा मौसम विज्ञन विभागलाई थप साधनस्रोत सम्पन्न बनाई मौसम र बाढी पहिरोको सूचना प्रवाहलाई भरपर्दो र विश्वसनीय बनाउने भएको छ।

माउन्ट एल्ब्रस आरोहणको अनुभवः आरोही शेर्मा

‘हाँस्दा हाँस्दै रुनुपर्ने अनौठो अनुभूति हुँदोरहेछ, एल्ब्रसको चुचुरो चढ्दा त्यस्तै भयो’, हिमाल आरोहण सकेर मंगलबार काठमाडौं ओर्लिएका आरोही शेर्माले भने,‘क्षणभरमै बदलिरहने मौसमका कारण कतिबेला के हुन्छ अनुमान लगाउनै नसकिने रहेछ।’

पहिरोले मेचीराजमार्ग अवरुद्ध

राति गएको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ। वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्