बागलुङको निसेलढोर: उम्मेदवार अझै भोट माग्न पुगेका छैनन्
न्यूनतम पनि विकासको पूर्वाधारले नजोडिएको निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच पुगेको छैन। यहाँका अधिकांश स्थानीय टुकीकै भरमा रात बिताउँछन्। पहिले–पहिले सिजनअनुसार बसाइँसराइ गर्ने यहाँका स्थानीय अहिले स्थायीरूपमा बसोबास गर्दै आएका छन्।