२० आश्विन २०८१ आइतबार
image/svg+xml

बालबालिका चोरी भइरहेको हल्ला अफवाह मात्रै होः साइवर ब्यूरो

पछिल्लो समय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा भारतबाट आएकाहरूले नेपालमा बच्चा चोरी गरिरहेको भन्दै भ्रम फैलाएपछि प्रधान कार्यालय, साइवर ब्यूरो भोटाहिटीले एक सूचना जारी गर्दै त्यस्ता भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ। त्यस्ता घटनाबारे अहिलेसम्म उजुरी प्राप्त नभएको प्रहरीले जनाएको छ।

ज्यान मार्ने उद्योगमा फरार मगर १६ वर्षपछि पक्राउ

नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ।

बहाल कर बुझाउन सेना र नेपाल प्रहरीका निकायलाई महानगरको पत्र

मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा महानगरपालिकाले नेपाल आर्मी, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई आफ्ना क्षेत्रभित्र बहालमा लगाइ बहाल आम्दानी गरेको देखिएकाले त्यसवापतको बहाल कर बुझाउन पत्रमार्फत् आग्रह गरेको हो।

चुनावका बेला गाडी किन्दै प्रहरी

नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १८० वटा गाडी खरिद गर्न स्वीकृति दिएसँगै प्रक्रिया अघि बढाइएको छ ।

कैदी भागेको घटनाबारे छानबिन गर्न समिति गठन

नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार रहेको घटनाका सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन गरेको छ।

नेपाल प्रहरी र विद्युत् प्राधिकरणबीच समझदारी

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न र पेट्रोलियम पदार्थको खपत घटाउनका लागि थप २५ स्थानमा अत्याधुनिक स्मार्ट चार्जिङ स्टेसन स्थापना गर्न एमओयू हुनु महत्वपूर्ण कोसेढुंगा भएको बताए।

हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गर्ने तीन पक्राउ

पक्राउ व्यक्तिले विसं २०७८ मंसिर २८ गते ज्ञानेश्वरमा एभरेष्ट लिंक इन्टनेशनल एजुकेशन प्रालि नामको प्राइभेट कम्पनी दर्ता गरेको, सेञ्चुरी तथा कुमारी बैँकमा खाता खोलेको र वैदेशिक रोजगारीमा रसिया पठाइदिने प्रलोभनमा पारी पीडित व्यक्तिको नामबाटै ठगी गरेको प्रहरीले जनाएको छ।

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, डिएसपीसहित पाँच घाइते

सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो। गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं ५ का वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए।

‘मिटरब्याजी’लाई तह लगाउन कार्यदल गठन

कार्यदलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा छन्।

निर्वाचन सुरक्षा योजना पेस गर्न निर्देशन

सरकारले संघीय संसद्को निर्वाचनका लागि सुरक्षा योजना बनाएर पेस गर्न तीनवटा सुरक्षा निकायलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सुरक्षा योजना बनाएर पेस गर्न निर्देशन दिएको छ।

युरेनियम खोजीमा प्रहरीको विशेष ब्युरो सक्रिय

भारतीय सुरक्षा अधिकारीले नेपालमा २७ केजी युरेनियम रहेको दाबी गरेका छन्। भारतीय टोलीले युरेनियम फेला नपारेपछि नेपाल प्रहरीको टोली त्यसको खोजीमा सक्रिय भएको हो। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोका अधिकारीले यो विषयमा आफूहरू नलाग्ने बताएपछि भारतीय सुरक्षा अधिकारीले नेपाल प्रहरीको विशेष ब्युरोलाई अनुसन्धानमा सघाउन आग्रह गरेको हो।

अनुसन्धानबारे दश जिल्लाका प्रहरी प्रमुखबीच समीक्षा

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको संयोजकत्वमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजनामा गरिएको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा अनुसन्धानको अवस्था र चुनौतीबारे कर्णालीका १० जिल्लाका प्रहरी प्रमुखहरुसहित समीक्षा भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्