११ मंसिर २०८१ मंगलबार
image/svg+xml

कोरोनाबाट जोगिन अस्पतालदेखि विद्यालयसम्म सतर्कता

सर्वत्र कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि स्थानीय प्रशासनले जिल्लामा आवश्यकता सतर्कता बढाउन थालेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतमा बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउने र त्यही अनुरुपमा जनशक्ति परिचालन गरी जनचेतना बढाउने निर्णय गरेको छ।

कोरोनाबारे जनचेतना फैलाउदै युवा

गाउँमा आएको सरकार भनेर चिनिएको स्थानीय सरकारले जनस्वास्थ्यको सवालमा गम्भीरता नदेखाएपछि स्थानीय युवाहरुको सकृयतामा कोरोना सम्बन्धि जनचेतना फैलाउने काम सुरु भएको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना आतंक र त्यसबाट कसरी बच्ने भन्ने सवालमा युवाहरुले बिभिन्न विद्यालयमा पुगेर विद्यार्थी र शिक्षकसंग छलफल सुरु गरेका हुन्।

डोल्पामा फैलिएको रुघाखोकी र ज्वरो कोरोना नभएको पुष्टि

कोरोना भाइरसको आशंकाले सिँगो गाउँ नै आतंकित बनिरहेको बेला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने विकट गाउँ करेलीकाँडामा फैलिएको रुवाखोकी र ज्वरोको प्रकोप कोरोना भाइरस नभएको पाइएको छ। डोल्पाको करेलीकाँडामा फैलिएको रुघाखोकी र ज्वरो कोरोना भाइरस नभएर इन्फल्युन्जा ए भएको ल्याब परिक्षणबाट खुलेको जिल्ला अस्पताल डोल्पाका डाक्टर सिजन रावलले बताए।

चीनसँगका नाका बन्द गर्ने प्रदेश सरकारको निर्णय

कर्णाली प्रदेश सरकारले उत्तरी छिमेकी चीनसँगका सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि उत्तरतर्फका सीमा नाका बन्द गर्ने निर्णय गरेको हो।

कोरोनाको डरले सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय

नगरमा कोरोना संक्रमित फेला परिनसकेको अवस्थामा परीक्षासमेत स्थगित गरी शैक्षिक संस्था बन्द गर्ने निर्णय हतारको काम भएको सरोकारवालाहरूको प्रतिक्रिया छ।

विदेश जाने ७५ प्रतिशतले घटे

नेपाली युवा पछिल्लो समय दैनिक एक हजार हाराहारीमा वैदेशिक रोजगारीमा जाने गरेका थिए। अहिले यो संख्या तीन सयभित्र झरिसकेको छ।

काठमाडौंबाट सुर्खेत गएका एकजनालाई आइसोलेसनमा राखियो

काठमाडौंबाट सुर्खेत आएका एक जनामा उच्च ज्वरो देखिएपछि उनलाई आइसोलेसनमा राखिएको छ। उनमा १०५ डिग्री ज्वरो देखिएको थियो। १०४ डिग्रीभन्दा बढी ज्वरो देखिएकालाई आइसोलेसनमा राखिने स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीले जानकारी दिइन्। ‘आइसोलेसनमा राखिएकोलाई कोरोना भाइरसको शंका गरिएको छैन,’ उनले भनिन्, ‘बनाएको मापदण्डभन्दा बढी ज्वरो देखिएपछि उनलाई निगरानीमा राखिएको हो।’

कोरोना कहर : सुनसान ठमेल

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामरी विश्वभर फैलिएको छ। कोरोनाका कारण नेपालमा पनि त्रास व्याप्त छ। अहिलेसम्म नेपालमा एक जनामा कोरोना देखिए पनि यसको त्रासले सबै क्षेत्रमा प्रभाव परेको छ। यसको प्रत्यक्ष असर काठमाडौंको पर्यटकीय स्थलमा देखिएको हो। पर्यटकहरूको आउजाउले गुल्जार हुने ठमेल अर्थात राजधानीको प्रमुख पर्यटकीय जमघट केन्द्र अहिले सुनसान छ।

जहाज ग्राउन्डेड गर्ने निर्णय

वायुसेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायु सेवा सञ्चालक संघले कोरोना भाइरसको कारण आन्तरिक उडानमा असर परेको जनाएको छ।

कोरोनाकाे अफवाहले कालाेबजारी माैलायाे : सांसद झाँक्री

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले कोरोना भाइरसको वास्तविकता भन्दा बढी अफवाह फैलिएका कारण कालोबजारी मौलाएको बताइन्। सांसदमा प्रस्तुत भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै यस्तो कुरा बताएकी हुन्।

व्यक्तिगत दम्भ हटाइ कोरोनाविरुद्ध एकजुट हाैं : सांसद गिरी

सांसद प्रदीप गिरीले पर्यावरण र कोरोना भाइरसविरुद्ध संसदभित्र र बाहिरबाट एकजुट भएर अगाडी बढ्नुपर्ने बताएका छन्।

संसदमा कोरोना बहस : भिडमा नजानु भन्ने, संसद बैठक चलाइराख्ने ?

सांसद प्रदिप यादवले संसद बैठक स्थगित गर्न माग गरेका छन्। विश्वभरी कोरोना भाइरसको सन्त्रास फैलिएका बेला बिना कुनै तयारी सञ्चालन हुने संसद बैठक स्थगित गर्न उनले माग गरे।

कोरोनाबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भईरहेको पहल तथा कोरोना विरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ।

रसुवा अस्पतालमा आइसोलेसन कक्ष

जिल्ला अस्पताल रसुवामा आइसोलेसन कक्षको स्थापना गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामी आएमा उपचारको लागि चार वेडको आइसोलेशन कक्ष स्थापना गरिएको हो।

व्यापारिक केन्द्रमै चहलपहल घट्यो

विश्वभर फैलिरहेको प्राणघातक नोभेल कोरोना भाइरस (कोभिड–१९) को त्रासले राजधानीको व्यापारिक एवं पर्यटकीय क्षेत्र न्युरोड, ठमेल र दरबारमार्ग सुनसान बन्दै गएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्