९ मंसिर २०८१ आइतबार
image/svg+xml

धानमा सिन्डिकेटः चाहेजति बेच्न नपाउँदा किसान मर्कामा

डुडुवा गाउँपालिका–२ का किसान तिलकराम बर्माले ६ बिघामा धान खेती गर्छन्। बेमौसमी वर्षाले क्षति पुर्‍याए पनि ९० क्विन्टल धान उनको खेतबाट उत्पादन भयो। तर, त्यही धान सरकारलाई बिक्री गर्न भने उनीमाथि सिन्डिकेट लादियो।

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताः प्रदेश १ र लुम्बिनीको विजयी सुरुवात

धनगढीमा शनिबारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ। नेपाल क्रिकेट संघको आयोजना तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको शनिबार बिहान सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले उद्घाटन गरेका हुन्।

प्रधानसेनापति प्रथम राष्ट्रिय लनटेनिसः आइतबारदेखि सेमिफाइनल

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय परिसरमा गत मङ्सिर २७ गते मुख्य निर्णायकलाई बल हस्तान्तरण गरी प्रतियोगिता सुरु गरेका थिए।

शल्यक्रियापछि फेरिएका अनुहार

शल्यक्रिया गरेको ४५ दिनमै सामान्य अवस्थामा फर्केका उनको आन्तरिक दाँतसहित एक वर्षमा पूरै उपचार सकिएको छ। अहिले उनी मोडेल बन्ने सपना पूरा गर्न तालिममा छन्। ‘मोडेलिङ गर्ने मेरो रुचि थियो, शल्यक्रिया गरेपछि म अघि बढें’, उनले भने। चिउँडो सामान्य भइसकेपछि साथीभाइका बीचमा पुग्दा हिनताबोध हटेको महर्जनले बताए।

प्रदेश १ मा घट्यो धान उत्पादन

प्रदेश १ मा यो वर्ष धान उत्पादन घटेको छ। प्रदेश कृषि निर्देशनालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा करिब ३ प्रतिशतले धान उत्पादन घटेको छ।

महानगरका चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

टेकुमा निर्माणाधीन काठमाडौं महानगरपालिकाको भवन ठेक्कामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरका चार कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

हाइटीमा ग्यास ट्रक विस्फोट, ६२ जनाको मृत्यु

हाइटीमा मङ्गलबार भएको ठूलो ग्यास ट्रक विस्फोटमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ। गरिबीले ग्रस्त क्यारिबियन राष्ट्रको राजधानी हाइटीको दोस्रो सहर क्याप–हाइटियनमा सो विस्फोट भएको हो।

अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। सार्वजनिक सम्पर्कमा रहेका बेला उनी यही मंगलबार सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन्।

राजस्व छलीमा चार अर्बको मुद्दा

राजस्व छली, चुहावटका घटना बढेपछि राजस्व अनुसन्धान विभागले अनुसन्धानको दायरा बढाउँदै कडाइ गरेको छ।

विलासिताको सुरुवात

पुँजीवादी विलासिताले धनीहरूका लागि सबैभन्दा सुन्दर चीजहरू आरक्षित गर्छ। उत्पादकहरूको इच्छा अनुसार राम्रो र सुन्दर चीज बनाउनका लागि स्वतन्त्रता हुनेछ।

‘तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतमा पुर्‍याउँछु’

१४औं महाधिवेशनमा पनि सभापति पदका लागि उम्मेदवारी दिएका देउवाले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफू निर्वाचित भए कांग्रेस नेतृत्वको वर्तमान सरकार टिकिरहने र पार्टीले पनि आगामी निर्वाचनमा बहुमत हासिल गर्ने दाबी गरेका हुन्।

मलाई महाधिवेशनमा जिताए सबैका माग पूरा गर्छुः देउवा

राष्ट्रमा प्रजातन्त्र भएमात्रै आफ्ना अधिकारको लागि लड्न सकिने र प्रजातन्त्रबिनाको देश कल्पना गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यो आफ्नो अन्तिम बेला भएको तथा सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ भन्ने प्रश्न उठाउने भएकाले पनि जित्नैपर्ने दबाब रहेको दोहोर्‍याए।

म सभापति चुनिए भने सरकार राष्ट्रिय चुनावसम्म टिकिरहन्छ: देउवा

प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको र पार्टी सभापतिमा जिते मात्रै सबै दलहरुलाई लिएर स्थानिय तहदेखि केन्द्रिय तहसम्मको सरकार बनाउने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्