१२ असार २०८१ बुधबार
image/svg+xml

एमाले एक क्विन्टल आलु हो, गठबन्धन एक तोला मात्र भएपनि सुन होः शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टी आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गरेका छन्।

स्थानीय चुनाव ‘हेभिवेट’हरू गाउँ–गाउँमा

स्थानीय तहको निर्वाचनमा आफ्नो जनमत बलियो बनाउन हेभिवेट नेताहरू जिल्ला केन्द्रित बनेका छन्।

दलका घोषणापत्रमा शिक्षालाई प्राथमिकता

आसन्न स्थानीय तहको निर्वाचनका लागि दलहरूले तयार पारेको चुनावी घोषणापत्रमा यसपटक शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेका छन्।

उम्मेदवारी रद्द

आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएका नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ।

विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित हुनेः कांग्रेस

नेपाली कांग्रेसले यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ।

स्थानीय तह निर्वाचन: मतदातामा उत्साह छैन

आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा मतदातामा उत्साह देखिएको छैन। विगतको चुनाव जस्तो मतदातामा चुनावको रौनक नदेखिएपछि गाउँहरु सुनसान बनेका हुन्।

एकै वडाका चार महिला एउटै पदमा चुनाव लड्दै

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको एक स्थानीय तहमा एकै वडाका चार महिलाले अलग-अलग दलबाट एउटै पदमा उम्मेदवारी दिएका छन्।

भोट माग्न घरदैलो अभियानमा उम्मेदवार

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन्।

बूढानीलकण्ठमा ३०८ जनाको उम्मेदवारी

काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा ३०८ जनाको उम्मेदवारी दर्ता भएको छ। काठमाडौँ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बूढानीलकण्ठमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी परेको हो।

गठबन्धनलाई चुनौती बन्दै बागी: सके फकाउने, नभए कारबाही गर्ने

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच राजनीतिक दलकै नेता तथा कार्यकर्ताले एक अर्काविरुद्ध उम्मेदवारी दिएसँगै शीर्ष नेताहरू उनीहरूलाई फकाउन सक्रिय भएका छन्।

२५ वर्षदेखि ७१ वर्षसम्मका उम्मेदवार चुनावी मैदानमा

आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा २५ वर्षका युवादेखि ७१ वर्षीय वृद्धासम्म चुनावी मैदानमा देखिएका छन्।

विराटनगरका मेयरले दिए राजीनामा

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले राजीनामा दिएका छन्। पराजुलीले बुधबार महानगरपालिकाको प्रशासन मार्फत उपमेयर इन्दीरा कार्कीलाई राजिनामा बुझाएका हुन्।

स्थानीय तह निर्वाचन वडाअध्यक्षमा युवा उम्मेदवारको उदय

आसन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा युवा उम्मेदवार बढी देखिएका छन्। पार्टीको वडादेखि जिल्लासम्म आफ्नो पहुँच स्थापित गर्न लागेका युवाहरु वडादेखि नगर प्रमुखसम्म हाबी भएका हुन्।

सुरक्षा समन्वय बैठक स्थानीय निर्वाचन केन्द्रित

बैतडी र दार्चुलाको अन्तरजिल्ला समन्वय बैठक मंगलबार सम्पन्न भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर दुवै जिल्लाका अधिकारीबीच समन्वय बैठक दार्चुलाको बलाँचमा भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्