१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचन वडाअध्यक्षमा युवा उम्मेदवारको उदय

वडाअध्यक्ष उम्मेदवारहरु: विनोदसिंह विष्ट, दिपेन पुरी, सरोज रिजाल, रमेश केसी र महेन्द्रविक्रम खड्का।

आसन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा युवा उम्मेदवार बढी देखिएका छन्। पार्टीको वडादेखि जिल्लासम्म आफ्नो पहुँच स्थापित गर्न लागेका युवाहरु वडादेखि नगर प्रमुखसम्म हाबी भएका हुन्।

जसले गर्दा जनप्रतिनिधिहरुमा युवा वर्चस्व हुने देखिन्छ। जनताले युवाबाट आशा र भरोसा समेत गरेकाले संयमित भएर काम गर्नुपर्ने हुन्छ। कर्णालीमा धेरै पालिकामा युवाहरुले नै उम्मेदवारी दिएका छन्। वडामा पुराना नेताहरु भएपनि उम्मेदवारका रुपमा युवाहरुले अवसर पाएका हुन्।

यहाँका प्राय स्थानीय तहमा उपाध्यक्षदेखी उपमेयरसम्म पनि युवाहरुले नै टिकट पाएर उम्मेदवारी दिएका छन्। वीरेन्द्रनगरमा प्राय युवाहरु वडाध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका छन्। वीरेन्द्रनगर नगरपालिका –३ मा नेकपा एमालेबाट विनोदसिंह विष्टदेखि दैलेखका दुल्लुनगरपालिका–१० र ५ बाट दिपेन पुरी र सरोज रिजालसम्म युवाहरु रहेका छन्।

नारायण नगरपालिका–९ मा महेन्द्रविक्रम खड्का कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार छन्। नारायण –१ मा नेकपा एकीकृत समाजवादीबाट वडाअध्यक्षमा युवा उद्यमी रमेश केसीले टिकट पाएका छन्। यी केही उदाहरण भएपनि कर्णालीका वडामा प्रायः युवाहरुले पार्टीबाट उम्मेदवारी दिएका छन्।

नयाँ भिजन बोकेका यूवाहरुको हातमा नगर तथा वडा भए दिगो विकासको सपना पूरा हुने विस्वास गरिएको छ। जितेमा विगतभन्दा जनतालाई आभास हुने गरी काम गरेर देखाउने युवा उम्मेदवारहरुको भनाइ छ।

प्रकाशित: १४ वैशाख २०७९ ०९:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App