१४ पुस २०८१ आइतबार
image/svg+xml

एनआरएनए युरोप क्षेत्रीय बैठकः अध्यक्षको प्रस्ताव विपक्षमा पूर्व अध्यक्षहरु

गैरआवासीय नेपाली संघ युरोप क्षेत्रको बैठक शनिबार दक्षिण जर्मनी सहर फ्रेंकफर्टमा सुरु भएको छ। नेपालका लागि जर्मनीका राजदूत रमेश खनालले उद्घाटन गरेपछि सुरु भएको बैठकमा अध्यक्ष शेष घलेले यसअघि अमेरिका सम्मेलनमा ल्याएको भिजन २०२० एन्ड बियाेन्डमाथि छलफल हुँदा मत विभाजनको स्थिति देखिएको हो।

एनआरएनए स्पेनमा सापकोटा

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा चिन्तामणि सापकोटा बिजयी भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा सापकोटाले ५ सय १८ मत ल्याएर विजयी भए। अर्का प्रत्यासी गौतम गुरुङले ४ सय ७१ मत ल्याए।

एनआरएनए नर्वेमा थापा

गैरआवासीय नेपाली संघ नर्वेको शनिबार भएको निर्वाचनले सन्जिव थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्षका प्रत्यासी थापाले ९० मत पाएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी नयन मल्ले ७५ मत पाए।

के गर्दैछ एनआरएनए ?

पछिल्लो समय स्थानीय चुनावले मुलुक तात्दै गर्दै झन्डै ६० लाखभन्दा बढी नेपाली मुलुकबाहिर भएका कारण आफ्नो मताधिकारबाट वञ्चित भएको अवस्था छ भने एनआरएनएले हरेक विदेसिएका नेपालीको हक अधिकार सुरक्षाको प्रश्न उठाइरहेको छ । अनि सरकारसँग सोधिरहेको छ कि नोट चल्ने भोट नचल्ने किन ?

नेपाली उत्पादन प्रवर्द्धन गर्न एनआरएनए जापानसँग सम्झौता

नेपाली उत्पादन निर्यात प्रवर्द्धन गर्न उद्योग मन्त्रालयले गैरआवासीय नेपाली संघ जापानसँग एक सम्झौता गरेको छ। द्विपक्षीय सम्झौतामा जापान भ्रमणमा रहेका उद्योगमन्त्री नवीन्द्रराज जोशी तथा एनआरएन जापानका अध्यक्ष सुदन थापाले हस्ताक्षार गरे। सो लिखित सम्झौतामा नेपाली उत्पादनलाई प्रचारप्रसार र प्रवर्द्धन गर्न गैरआवासीय नेपाली संघले सहयोग गर्ने उल्लेख छ।

एनआरएनए केन्द्रीय कार्यालय निर्माण तीब्र, १० करोड अपुग

विश्वभरि छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालय निर्माणको काम तीब्र रुपमा भइरहेको छ। बालुवाटार, काठमाडौंमा निर्माणाधीन सो भवन आगामी सात महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित यतिबेला दैनिक ५० मजदुर काम गरिरहेका छन्।

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन जुलाई अन्तिम साता

गैरआवासीय नेपाली संघ (एनआरएन) युरोप क्षेत्रको १० औं बैठक जर्मनीको फ्रयाङ्कफर्टमा हुने भएको छ। युरोपका २७ देशको सहभागिता रहने उक्त बैठक जुलाई २९ र ३० मा गर्ने निर्णय सोमबार सम्पन्न एनआरएनए जर्मनीको साधारणसभाले सर्वसम्म पारित गरेको हो।

एनआरएनएद्वारा लाप्राक नमुना बस्तीको काम सुरु

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भूकम्प प्रभावित गोरखाको लाप्राकस्थित गुप्सीपाखामा नमुना बस्ती बनाउन निजी आवास निर्माणलगायत संरचनाका लागि धमाधम घडेरी खार्ने काम अघि बढाएको छ।

एनआरएनए अमेरिकाको साधारण सभामा परराष्ट्रमन्त्री सहभागी हुने

गैरआवासिय नेपाली संघ अमेरिकाको पाँचौ साधारणसभा जनवरी १४ कादिन टेक्सासमा हुने भएको छ। साधारण सभाको उद्‌घाटन गर्न नेपालबाट परराष्टमन्त्री डा.प्रकाशशरण महत आउने कार्यक्रम रहेको एनआरएन अमेरिकाका अध्यक्ष डा.केशव पौडेलले बताए।

एनआरएनएको दायित्व, चुनौती र आगामी नेतृत्व

आजको युगमा सूचना, संचार, बिज्ञान र प्रबिधिमा आएको चमत्कारिक विकासका कारण मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुने नयाँ समुदायसँग घुलमिल भै बस्ने नयाँ चलन स्थापित हुँदै गएको छ। विश्वका जुन कुनै समुदाय वा मानिससंग मिलेर बस्ने सामान्य जस्तै हुँदै गएको छ।

न्युजिल्याण्डमा एनआरएनएको अन्तरक्रिया, डेलिगेट्स बढाउन प्रस्ताव

दुई उपाध्यक्षको उपस्थितिमा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद न्युजिल्याण्डले अन्तरक्रिया कार्यक्रम गरेको छ। आइतबार बिहान भएको कार्यक्रममा एनआरएनएका दुई उपाध्यक्षहरु कुमार पन्त र भवन भट्ट सहभागी भए।

एनआरएनए अफ्रिका क्षेत्रीय बैठकको तयारी तीब्र

गैर आवासीय नेपाली संघ (एनआरएनए) को अफ्रिका क्षेत्रीय बैठकको तयारी तान्जानियाको दार-ए-सलाममा तीब्र रुपमा भइरहेको छ। डिसेम्बर २४ र २५ मा हुने सो बैठकमा अफ्रिका महादेशका गैरआवासीय नेपालीले भोग्नुपरेका समस्या र समाधानबारे छलफल हुनेछ।

एनआरएनएको एकीकृत बस्ती निर्माण शुक्रबार शिलान्यास हुँदै, ६१२ घर बन्ने

गत वर्ष गएको विनाशकारी भूकम्पको केन्द्रविन्दू गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गर्ने एकीकृत नमुना बस्तीको शुक्रबार शिलान्यास हुने भएको छ। गोरखाको लाप्राकको गुप्सीपाखामा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण कार्यको शिलान्यास गर्नेछन्।

एनआरएनएको दोश्रो अफ्रिका क्षेत्रिय बैठक दार-ए-सलाममा हुने

काठमाडौं- गैर आवासिय नेपाली संघको दोश्रो क्षेत्रिय बैठक तान्जानियाको राजधानी दार-ए- सलाममा हुने भएको छ।

एनआरएनए जापानको साधारण सभाको तयारी

टोकियो— गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले आफ्नो सातौ बार्षिक साधारणसभाको तयारीलाई तीब्रता दिएको छ। नीति तथा कार्यक्रमसँगै भावी योजना प्रस्तुत हुने साधारण सभा आगामी सेप्टेम्वर २५ तारिख आईतवार गरिने तय भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्