न्यूयोर्क—गैरआवासिय नेपाली संघ अमेरिकाको पाँचौ साधारणसभा जनवरी १४ कादिन टेक्सासमा हुने भएको छ। साधारण सभाको उद्घाटन गर्न नेपालबाट परराष्टमन्त्री डा.प्रकाशशरण महत आउने कार्यक्रम रहेको एनआरएन अमेरिकाका अध्यक्ष डा.केशव पौडेलले बताए।
अमेरिकामा उम्मेदवारी दिने क्रम शुरु भएको छ। अमेरिकामा सदस्यता वृद्धि भएकोले विधान परिवर्तन गर्नुपर्ने आवाज उठेको छ।
साधारणसभामा संगठन विस्तारकालागिअत्याधिक नेपालीलाई सदस्यताका लागि पहल गर्ने, विधान संशोधनको विषय, अमेरिकाको न्यूजर्सीमा सम्पन्न क्षेत्रीय सम्मेलनका क्रममा उठेको एनआरएन भिजन २०२० को कार्यन्वय नगर्ने विषयमाथि छलफल गरिनेछ। आगामी नयाँ नेतृत्व छान्ने अधिवेसनको आधार तय गर्न पनि यो साधारण सभाले महत्व राख्ने छ।
जसका लागि यतिखेर अमेरिकामा उम्मेदवारी दिने क्रम शुरु भएको छ। अमेरिकामा सदस्यता वृद्धि भएकोले विधान परिवर्तन गर्नुपर्ने आवाज उठेको छ।
गैरआवासिय नेपाली संघको एनसिसिहरुमा सबै भन्दा ठूलो अमेरिकामा १० हजार ७ सय साधारण सदस्यहरु छन्। अमेरिकामा रहेका नेपालीहरुको संख्या हिसावले यो पनि कम सदस्य हुन्। अमेरिकामा करिब २ लाख ८० हजार नेपाली छन्।
प्रकाशित: ११ पुस २०७३ ११:३३ सोमबार