२० आश्विन २०८१ आइतबार
image/svg+xml

हिसाब मिलेन कामरेड !

वि.सं. २०५८ को असारका सुरुका दिन छन्। दरबार हत्याकाण्डको भयानक दृश्य नेपालीका आँखामा ताजै छ। कतिपय मानिसका आँखा ओभाएका छैनन्। भलै राजसंस्था फरक–फरक कोणबाट आलोचना भए पनि राजा वीरेन्द्र जनताको मन–मनमा बस्न सफल भएका रहेछन्।

एसएलआर र एलएमजीसहित विप्लव कार्यकर्ता पक्राउ

प्रहरीले संखुवासभाबाट १ नाल एसएलआर राइफल र एक नाल एलएमजी बरामद गरेको छ। प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाका अनुसार खोजतलासको क्रममा प्रहरीले मेवा खोला क्षेत्रबाट हतियार, १ सय १० राउन्ड गोली, म्यागजिन सहित एक कार्यकर्तालाई पक्राउ गरेको हो।

नेकपामा पूर्वएमाले र माओवादीका गुट, पौडेललाई महासेठको काउन्टर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नेताहरु पूर्वएमाले र पूर्वमाओवादी केन्द्र खेमामा विभाजित भएका छन्। खासगरी आलोपालो अध्यक्ष र प्रधानमन्त्रीको सहमति र मन्त्रिमण्डल पुनर्गठनलाई लिएर नेताहरु विभाजित भएका हुन्।

‘न्याय नपाएपछि अन्तर्राष्ट्रिय समुदाय गुहार्नुपर्‍यो’

पूर्व बाल लडाकु लेनिन विष्ट हालै न्यायको खोजीमा युरोप पुगेर फर्किएका छन्। १० वर्षे शसस्त्र द्वन्द्वका बेला बाल अवस्थामै तत्कालीन माओवादी सेनामा भर्ना भएका उनी माओवादी शान्ति प्रक्रियामा आएपछि भने ‘अयोग्य’को बिल्ला भिरेर बाहिरिनुप-यो।

अब कमर्चारी संगठनले राजनीति नगर्ने

एकीकरण भएका संगठनहरुमा तत्कालीन नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन, तत्कालीन नेकपा एमालेको भातृ संगठन नेपाल स्वतन्त्र कर्मचारी संगठन र नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल वित्तीय कर्मचारी सङ्घ छन्।

व्यवस्था बदलियो, अवस्था फेरिएन

२०६१ सालमा तत्कालीन माओवादीले जुम्ला कालिकोटमा ‘जुत्ता कस, जंगल पस’ भन्ने अभियान थाल्यो। त्यसलाई ‘सुज अभियान’ भनियो। अभियानका क्रममा एक घर एक माओवादीको अवधारणा अघि बढ्यो। त्यो सह्यै हुन सकेन।

कार्यकर्तालाई मोहन वैद्यको निर्देशनः जनविद्रोहका लागि तयार हुनुस्

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले जनताले आवश्यक महसुस गरेको भन्दै अर्को जनविद्रोहको लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्। शुक्रबार हेटौंडामा पार्टीको संगठन क्रान्तिकारी युवा लिग नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गरेपछि उनले क्रान्ति र शान्ति प्रकृया पुरा नभएको भन्दै जनविद्रोहको विकल्प नभएको बताए।

किन जाँदैनन् प्रधानमन्त्री ओली पूर्वमाओवादीले गरेको कार्यक्रममा ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली होटल उद्घाटनको कार्यक्रममा पनि विभिन्न जिल्ला–जिल्ला पुग्छन्। होटल मात्रै होईन महोत्सव, विद्यालय, मन्दिर, उद्घाटन र पुस्तक विमोचनसमेत ओलीले भ्याएका हुन्छन्।

समाजवादको लक्ष्य प्राप्त गर्न एमाले सँग पार्टी एकता गर्‍यौ : दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढने लक्ष्य लिएको दावी गरेका छन्।

अझैं बाँकी छन् युद्धका अवशेष

पटक-पटक ठूला साना दर्जनौ दोहोरो भीडन्त भएकाे रांकोट गोरिचौरमा अन्यत्र जस्तै युद्धका निसानीहरु अरु पनि छन।

तरकारी खेतीमा रमाउँदै पूर्वमाओवादी नेता

कुनैबेला बम र बन्दुक बोकेर जनयुद्ध लडेका डोटी केआइसिंह गाउँपालिका–१ का ७२ वर्षीय तत्कालीन माओवादी नेता प्रताब पुनमगर हिजोआज तरकारी खेतीमा व्यस्त छन्।

माओवादी विस्थापितले अझै पाएनन् क्षतिपूर्ति, रुँदै घरबार छाडेका थिए

कनकासुन्दरी गाउँपालिका ३ बुडुका विनबहादुर बुढा २०६१ सालमा तत्कालिन माओवादीबाट बिस्थापित भए। आफ्नो छोरा नेपाली सेनामा भर्ती गराएको भन्दै घरमै पुगेर धम्क्याउन थालेपछि उनी विस्थापित हुन पुगे। उनलाई तत्कालिन माओवादीले छोरालाई सेनाबाट फर्काउन र माओवादीमा प्रवेश गराउन दबाब दिए।

दाहाललाई पूरानै ‘रोग’ बल्झिने डर

काठमाडौं– तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीच एकतापछि दुई तिहाईको नेतृत्व गर्दै प्रधानमन्त्रीमा निर्वा्चित भएका केपी शर्मा ओलीले ०७४ फागुन ३ गते सपथ लिएका थिए। ओली प्रधानमन्त्रीमा निर्वाचित भएको ठिक १५ महिनामा बितेलगत्तै नेतृत्व हेरफेरको बिषयमा चर्चा हुन थालेको छ। तर यो विषयमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल निकटका नेताहरु खासै बोल्न चाहँदैनन्। ओलीले यस विषयमा बिरलै बोल्छन् भने दाहाल पनि खासै मुख खोल्न चाहँदैनन्।

द्वन्द्वकालीन मुद्दा नटुंगिँदा गणतन्त्रको अनुभूति नै भएनः पूर्वलडाकु

वर्गविहीन समाज निर्माण गर्न भन्दै रुकुमबाट सशस्त्र १० वर्षे जनयुद्ध सुरु भएको थियो। देशका विभिन्न चार स्थानका प्रहरी चौकीमा एकसाथ आक्रमण गरी तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो।

बसमा आगजनी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रुबहाक बसमा आगजनी गरेको छ । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्वरको बसलाई हतियारसहित आएका विप्लवका कार्यकर्ताले आइतबार राति साढे एक बजेतिर गोचेखोलामा रोकेर आगजनी गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्