८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अब कमर्चारी संगठनले राजनीति नगर्ने

भद्रपुर – कर्मचारीहरुले राजनीतिमा प्रत्यक्ष संलग्न नहुने र पेसागत संगठनलाई कुनै पनि राजनीतिक दलको भ्रातृ संगठन नबनाउने उद्घोषका साथ मुलुककै ठूलोमध्येको झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका तीनवटा कर्मचारी सङ्गठन एकीकरण भएका छन्।

एकीकरण भएका संगठनहरुमा तत्कालीन नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन, तत्कालीन नेकपा एमालेको भातृ संगठन नेपाल स्वतन्त्र कर्मचारी संगठन र नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेपाल वित्तीय कर्मचारी सङ्घ छन्।

तीनवटै संगठनले राजनीति नगर्ने आचारसंहिता पारित गर्दै केही दिन अघि संयुक्त महाधिवेशनसमेत सम्पन्न गरेका छन् भने एकीकृत संगठनको नाम ‘एकीकृत कर्मचारी संगठन सहारा नेपाल साकोस’ हुने निर्णय गरेका छन्।

सहारा नेपालको झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम र पाँचथरमा कार्यक्षेत्र रहेको छ र सदस्य संख्याका हिसाबले यो नेपालकै सबैभन्दा ठूलो सहकारी संस्था हो। यसका सदस्यहरुको सङ्ख्या एक लाख ५० हजार र कर्मचारी संंख्या सात सय रहेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका पूर्व अध्यक्ष मोतिखर सञ्जेलले जानकारी दिए।

नेपाल स्वतन्त्र कर्मचारी संगठन अध्यक्ष भवानी सुवेदी, नेपाल वित्तीय कर्मचारी संघ अध्यक्ष शेरबहादुर कटुवाल र नेपाल राष्ट्रिय कर्मचारी संगठन अध्यक्ष मोतिखर सञ्जेलले संगठन एकीकरणमा संयुक्त हस्ताक्षर गरेका छन्। संयुक्त महाधिवेशनले यादवप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। रासस

प्रकाशित: ११ असार २०७६ ०५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App