२१ असार २०८१ शुक्रबार
image/svg+xml

तत्कालीन माओवादी केन्द्रका नेतालाई प्राथमिकता

प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्रीलाई भने बिदा गरेका छन्। बिदा हुनेमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड छन्।

दललाई जनादेश नपचेकै हो ?

हरेक राजनीतिक परिवर्तनपछि नेपाली जनताले स्थिरता र विकासको चाहना राख्दै आएका छन्। तर सरकार र सत्तारुढ दलबीचको समन्वय अभाव तथा आन्तरिक कलहले राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको चाहना २००७ सालदेखि नै अधुरो छ। निर्वाचनअघि आर्थिक विकासका ठूलाठूला कुरा गर्ने तर जनमत पाएपछि आन्तरिक किचलोमा रुमलिने नेपालका दलको परम्परा नै बनिसकेको छ।

अन्धकारमय आधा अवधि

प्रयत्न गर्दा कुनै क्षेत्रमा असफलता पनि हुन सक्छ तर दुःख यो छ कि सरकारले आर्थिक विकासको प्रयत्न नै गरेको देखिएन।

जनयुद्धमा हत्या गरिएका माओवादी नेताको स्मृतिमा वृक्षारोपण

जनयुद्धकाक्रममा खोटाङमा साहदत प्राप्त गरेका तत्कालिन नेकपा माओवादीका नेता दिलकाजी कार्की र ईन्दिरा कार्कीको सम्झनामा वृक्षारोपण गरिएको छ ।

नेपाली भूमिमा भारतले सडक उद्घाटन गरेकोप्रति माओवादी केन्द्रको आपत्ति

भारतले नेपालको भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेकोप्रति नेकपा(मोआवादी केन्द्र)ले कडा रुपमा विरोध जनाएको छ। केन्द्रको सुदूरपश्चिम प्रदेश समितिले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली भूमिमाथि गरिएको अतिक्रमणको निन्दा गर्दै विरोध जनाएको हो।

जोखिममा 'रिपोर्टिङ' गर्ने पत्रकारलाई विशेष स्वास्थ्य उपकरण दिन 'प्रेस सेन्टर'को माग

नेकपा (माओवादी केन्द्र) निकट पत्रकार संगठन ‘प्रेस सेन्टर नेपाल’ ले विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोनाभाइरसको संकटबाट बच्न पत्रकारलाई विशेष स्वास्थ्य उपकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

होलेरीबाट नेपाल हेर्दा

तत्कालीन माओवादी विद्रोहको उठान तथा अवतरण र अहिलेको अभ्यासका हिसाबले रोल्पाको होलेरी एउटा अध्ययन क्षेत्र हो।

माओवाद भुलेका माओवादी

२०५२ साल फाल्गुन १ गते रोल्पाको ‘होलेरी’ इलाका प्रहरी कार्यालयमा हमला गरेर तत्कालीन माओवादी विधिवत भूभिगत भएको थियो।

एमालेकरण कि माओवादीकरण ?

द्वन्द्वकालीन हत्याको जिम्मेवारी लिनेदेखि ज्यान मुद्दा खेपिरहेका व्यक्तिको सभामुख पदमा उम्मेदवारीसम्म आइपुग्दा एमालेको माओवादीकरण त भएन भनेर सोच्नुपर्ने भएको छ।

जता पनि अँध्यारो देख्छु

मेरो श्रीमानलाई माओवादीले लगेको १५ वर्ष पुग्न ४ महिना बाँकी छ। उहाँलाई लगेपछि अहिलेसम्म न त लाश, न सास देख्न पाएँ। २०६२ साल वैशाख १६ गते दिउँसो स्कूलको कार्यक्रममा श्रीमान् जानुभएको थियो।

द्वन्द्वपीडितमैत्री कानुन नहुँदा समस्या

त्यतिबेला बर्दिया राजापुरकी रविना चौधरी भर्खर १७ वर्षमा टेक्दै थिइन्। आमाबुवाले १६ वर्षमै बिहे गरिदिए। बिहे भएको एक वर्ष नबित्दै २०५८ सालमा उनका पति क्रिमकुमार चौधरीलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गरी बेपत्ता बनायो। प्रहरीले पक्राउ गर्दा २० वर्षमा हिँड्दै गरेका चौधरी नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा १२ कक्षामा पढ्थे।

शिवमाया शक्ति

वास्तवमा अहिलेको संकटको समाधान नै शिवमाया तुम्बाहाङ्फे हुन्। उनलाई सभामुख बनाउने हो भने नेकपाको पूर्वमाओवादी पक्षले पनि नाइँनास्ति गर्न सक्दैन।

पूर्वमाओवादी कार्यकर्ताको घरबाट १० हजार गोली बरामद

सुनसरीको बराहक्षेत्र नगरपालिका ५ (साविक भरौल गाविस) स्थित एक पूर्वमाओावदी कार्यकर्ताको घरबाट खिया लागेको एसएमजी र ठुलो परिणाममा गोली बरामद भएको छ।

नेकपालाई सभामुख छान्न सकस

प्रतिनिधिसभाको हिउँदे अधिवेशन पुस ४ गते सुरु हुँदैछ। सोही अधिवेशनबाट सभामुख छान्नुपर्ने अवस्थाछ।

द्वन्दपीडित मेघमाली, कतिन्जेल बोक्ने पीडाको भारी ?

अचेल माओवादी देख्दा नि मन दुख्छ! सरकारभन्दा नि मन दुख्छ! एउटाले श्रीमान मारे अर्कोले छोरा बेपत्ता पारे।’ उनले थपिन‘।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्