२३ असार २०८१ आइतबार
image/svg+xml

सीमा विवादः प्रधानमन्त्री स्तरमा वार्ता गर्न सिपी गजुरेलको माग

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले भारतसँगको सीमा समस्या समाधानका लागि तत्काल प्रधानमन्त्री स्तरमा वार्ता गर्न सरकारसँग माग गरेको छ।

बैद्य माओवादीले उपनिर्वाचिन बहिष्कार गर्ने

मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचिन बहिष्कार गर्ने भएको छ। नेकपा (क्रान्तिकारी माओवादी) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो उपनिर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको जानकारी गराएको हो।

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समिति बैठक सम्पन्न, संगठन निर्माणमा जोड

नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेश समितिको विस्तारित बैठक सकिएको छ। कैलालीको लम्कीमा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ।

विप्लवका चार जना फेरि पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका चार जना धरौटीमा छुटेलगत्तै सोमबार सुनसरीबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले काभ्रेका पुष्कर भन्ने घनश्याम श्रेष्ठ, काठमाडौंका आकाश भन्ने माधव गौतम, इटहरी वडा नं. ५ का सूर्य भन्ने रमेश खड्का र भोजपुर आमचोक गाउँपालिकाका प्रज्ज्वल भन्ने कृष्णकुमार श्रेष्ठलाई पक्राउ गरेको हो।

खोला पारि प्रचण्ड, वारि ऋषिराम

२०६४ सालको चुनावताका प्रचण्डलाई काधमा बोकेर रोल्पाको माडि खोला तारेका ऋषि आज आफू भने खोला वारि नै छुटेको अनुभव गर्छन्। प्रचण्डलाई बोकेको उनको काँधले हिजो आज घाँस, दाउरा, गिट्टी, ढुङ्गा सबै बोक्छ। र पनि सन्तोष छ। ‘राजनिति यस्तै रैछ। जिल्लामा नेता वा मन्त्री आउदा पनि भेटघाट हुन छोड्यो। उनी भन्छन्।

नेकपामा विवाद गहिरिँदै

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको १५ महिनापछि नेता माधवकुमार नेपालको वरीयता खोसिएको छ। यससँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिन पुगेको छ। आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रस्ताव स्वीकार गर्दै अध्यक्षद्वयपछिको वरियताक्रममा उनलाई ल्याइएको छ।

जनयुद्धका सपना

माओवादीलाई आफ्नै गौरव बोझ बन्दै गएको छ। जनयुद्ध मनोयुद्धमा फेरिँदै जाँदा फेर्न गएका स्वयं फेरिँदै गए। एकै दिनमा फेरिने क्रम पूरा भएको होइन। विद्रोहका राप र ताप सेलाँउदै जाँदा, शान्ति प्रक्रिया टुंगो लाग्न ढिलाइ हुँदै जाँदा, छिमेकमा सांस्कृतिक फाँसीवादले हुँकार छाड्दै जाँदा बहससमेत फेरिँदै गए। स्वयं कर्ता नै भ्रष्टीकरण हुनु भनेको बाउ–आमाले सन्तान हत्या गर्नुजस्तै हो। तर सत्ताले क्रमशः पचाइदिँदा पनि आफूलाई अझै हकवाला नै ठान्दै छन्। कोही मर्माहत भएर सपना अन्त्य भएको चेतावनी दिइरहेका छन् भने शान्तिपूर्ण क्रान्तिमा विश्वास गर्नेहरू चिन्तत छन्। यसैगरी राज्य सत्ताको अंशियार हुन नपाएकामा कुण्ठित जमात अर्कातर्फ छ। वर्ग संर्घष शान्तिपूर्ण होस् वा सशस्त्र, भयानक हुन्छ। अभिजात तप्काको भद्रता षड्यन्त्रमै रहन्छ। आमजनमतलाई लम्पटमा फेर्ने वा दिग्भ्रमित पारेर आवेगमा ल्याउने उनीहरूका कलामय खेल चलिरहन्छन् नै।

कहिले नसुध्रिने पार्टी कांग्रेस

अहिले पनि ओली र प्रचण्डको द्वन्द्वबीच भोलिको चुनाव जित्ने आशमा आज पार्टीको सत्ता कसले र कसरी हत्याउने भन्ने खेलमा कांग्रेस लागेको छ।

घर छाडेका द्वन्द्वपीडित अझै डेरामै

माओवादी द्वन्द्वको उत्कर्सताका २०५९ साल असोजमा विस्थापित भएका रोल्पा नगरपालिका १० गापाका कर्णसिंह पुन मगर अहिलेसम्म पुनस्र्थापित हुन सकेका छैनन्।

दुखिरहने द्वन्द्वको घाउ

त्यो बेला लामो समय घर नगएका कारण परिवारले मर्यो कि भन्ने ठानेका रहेछन्। बैसाखी टेकेर एउटा खुट्टमा घर पुग्दा त घरभरी रुवाबासी भयो। श्रीमती बेहोस। छोराछोरी आँखाभरी आँसु ल्याएर हेरेको हेर्यै। ‘सपना जस्तो लाग्छ त्यो क्षण सम्झिँदा। अब  त विर्सिन थाले’, उनी भन्छन्।

दिलकाजी–इन्दिराको स्मृतिमा बिरामीलाई फलफूल

सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका तत्कालीन माओवादी नेताद्वय दिलकाजी कार्की र इन्दिरा कार्कीको स्मृतिमा जिल्ला अस्पताल खोटाङका बिरामीलाई फलफूल वितरण गरिएको छ।

ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद, थप प्रहरी टोली परिचालन

सशस्त्र द्वन्द्वका क्रममा तत्कालिन विद्रोही नेकपा माओवादीले लुकाएको हुनसक्ने ठूलो परिणाममा विष्फोटक पदार्थ फेला परेको छ।

हिसाब मिलेन कामरेड !

वि.सं. २०५८ को असारका सुरुका दिन छन्। दरबार हत्याकाण्डको भयानक दृश्य नेपालीका आँखामा ताजै छ। कतिपय मानिसका आँखा ओभाएका छैनन्। भलै राजसंस्था फरक–फरक कोणबाट आलोचना भए पनि राजा वीरेन्द्र जनताको मन–मनमा बस्न सफल भएका रहेछन्।

एसएलआर र एलएमजीसहित विप्लव कार्यकर्ता पक्राउ

प्रहरीले संखुवासभाबाट १ नाल एसएलआर राइफल र एक नाल एलएमजी बरामद गरेको छ। प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाका अनुसार खोजतलासको क्रममा प्रहरीले मेवा खोला क्षेत्रबाट हतियार, १ सय १० राउन्ड गोली, म्यागजिन सहित एक कार्यकर्तालाई पक्राउ गरेको हो।

नेकपामा पूर्वएमाले र माओवादीका गुट, पौडेललाई महासेठको काउन्टर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नेताहरु पूर्वएमाले र पूर्वमाओवादी केन्द्र खेमामा विभाजित भएका छन्। खासगरी आलोपालो अध्यक्ष र प्रधानमन्त्रीको सहमति र मन्त्रिमण्डल पुनर्गठनलाई लिएर नेताहरु विभाजित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्