नेकपा एसको सचिवालय बैठक ११ बजे बस्दै
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाएको बारेमा नेकपा एकीकृत समाजवादी बेखबर छ। नेकपा एसलाई यस विषयमा कुनै पनि जानकारी नभएको पार्टीका प्रचार विभाग जगन्नाथ खतिवडाले बताए।
सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन्।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको सत्ता गठबन्धन मौसमी गठबन्धन भएको बताएका छन्। समाजवादी प्रेस संगठनले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले वर्तमान सत्ता गठबन्धन आवश्यकताले बनेको र यो मौसमसँगै परिवर्तन हुने बताए।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी मुलुकमा विकास तथा समृद्धि कायम गर्नुपर्ने बताएका छन्।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा विधानको मस्यौदामाथि समूहगत छलफल भइरहेको पार्टीका प्रवक्ता जगन्ननाथ खतिवडाले बताए।
उनका अनुसार बैठकमा देशभरबाट करिब १५/१६ सयको हाराहारीमा प्रतिनिधिहरू सहभागी हुनेछन्।
सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाका लागि आफ्नो दुई जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ।
नेकपा एकीकृत समाजवादीका सम्माननीय नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतसँग सामुदायिक विकासका लागि भएको सम्झौताको विरोध गरेका छन्।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ।
बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए।
आजको बैठकमा दुई महिने सङ्गठन निर्माण अभियानबारे छलफल हुने बताइएको छ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक भोलिदेखि सुरु हुँदैछ। पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक दुई दिनसम्म चल्ने छ।
नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले एनसेल बिक्री काण्ड हेर्दा हेर्दैको डकैती भएको टिप्पणी गरेका छन्।
सोमवारको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो। सो पार्टीको महाधिवेशनको मिति नतोकिएकाले बैठक आज पुनः बोलाइएको हो।