१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपा एसको दोस्रो राष्ट्रिय परिषद्को बैठक आजबाट

नेकपा एकीकृत समाजवादीको दोस्रो राष्ट्रिय परिषद्को बैठक आजबाट सुरू हुँदैछ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने बैठक बिहान १० बजेका लागि बोलाइएको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

उनका अनुसार बैठकमा देशभरबाट करिब १५/१६ सयको हाराहारीमा प्रतिनिधिहरू सहभागी हुनेछन्।

भोलिसम्म चल्ने बैठक विशेषगरी विधान मस्यौदामाथिको छलफलमा केन्द्रित हुने पनि उनले बताए।

आगामी जेठमा हुने पार्टीको महाधिवेशनलाई ध्यानमा राखी विधानमाथि छलफल गर्न लागेको भन्दै उनले समूहगत रुपमा छलफल गरेर सुझाव सङ्कलन गर्ने बताए।

पार्टीले यसअघि सचिवालय, केन्द्रीय कमिटी बैठक राखेर विधान मस्यौदामाथि छलफल गरिसकेको छ।  

प्रकाशित: १४ माघ २०८० ०१:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App