१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपा एसको सचिवालय बैठक जारी, महाधिवेशनको मिति तोकिने

नेकपा एकीकृत समाजवादीको ६९औँ केन्द्रीय सचिवालय बैठक आज पनि जारी छ। सोमवारदेखि सुरु भएको पार्टीको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आज पुनः बसिरहेको छ।

सोमवारको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो। सो पार्टीको महाधिवेशनको मिति नतोकिएकाले बैठक आज पुनः बोलाइएको हो।  

आजको बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्ने जानकारी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले दिए। उनले पार्टीको महाधिवेशनको मिति, राष्ट्रियसभाको निर्वाचनसहितका समसामयिक राजनीतिक विषयमा आजको बैठकमा छलफल भइरहेको बताए।  

उनले भने, “आजको बैठकमा पार्टीको महाधिवेशनको मिति तय गरिने छ र राष्ट्रियसभाको निर्वाचनका साथै अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुँदैछ।”

प्रकाशित: १९ मंसिर २०८० ०७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App