२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपालगन्ज भन्सार नाका अस्तब्यस्त

एकीकृत भन्सार जाँच चौकी (आइसिपी) समयमा निर्माण नहुँदा पश्चिम तराईको मुख्य नेपालगन्ज भन्सार नाका अस्तब्यस्त बनेको छ। भन्सार जाँचपास गराउने ट्रक, ट्यांकर तथा कन्टेनर मुख्य सडकमै रोकिँदा उक्त नाका अस्तब्यस्त बनेको हो। मालसामान बोकेर भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ दैनिक सयौं ट्रक, ट्यांकर तथा कन्टेनर आवत–जागत गर्छन्।

नेपालगन्ज क्षेत्र र सुदूपश्चिम प्रदेशको विद्युत् चुहावट ८ र १०.६९ प्रतिशतमा झारिने

नेपाल विद्युत् प्रधिकरणले प्रदेश ५ को प्रदेश डिभिजन कार्यालय, नेपालगन्ज र सुदूरपश्चिम प्रदेशअन्तर्गत अहिले रहेको वितरणतर्फको विद्युत् चुहावटलाई क्रमशः ८.०५ र १०.६९ प्रतिशतमा झार्ने भएको छ। सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियालाई गत आर्थिक वर्ष ०७५/७६ मा रहेको १३.६९ प्रतिशत विद्युत् चुहावटलाई १०.६९ प्रतिशतमा झार्ने लक्ष्य दिइएको हो। कार्यालयको चालु आवको कात्तिकसम्मको विद्युत्् चुहावट ९.६२ प्रतिशत छ।

नेपालगन्ज विमानस्थलको सुरक्षामा गम्भिर खेलवाड

बुद्ध एयरको ४०५ फ्लाइटको एटिआर–७२ जहाज मंगलबार बेलुका ६ बजेर २० मिनेटमा जब नेपालगन्ज बिमानस्थलको रनवेमा प्रवेश गर्‍यो, रनवेमा अचानक बँदेल आएर जहाजसँग ठोक्कियो । जहाजको पछाडीको पांग्रामा ठोक्किदा बँदेल घटनास्थलमै मर्‍यो, भने पाईलटको सावधानीका कारण जहाज ठुलो दुर्घटनाबाट जोगियो । बुद्ध एयरका नेपालगन्ज प्रमुख बिनित शाहका अनुसार जहाजमा कुनै क्षति भएन । तर, ठुलो दुर्घटना टर्‍यो । ‘जहाज ल्याण्ड गरेर रनवेमा गुडिरहेको थियो, त्यहीबेला एक्कासी बँदेल निस्केछ,’ उनले भने ‘जहाजको पछाडीको चक्कामा बँदेल ठोक्कियो र घटनास्थलमै मर्‍यो, जहाजमा भने कुनै क्षति भएन ।’

भारतले गरायो अघोषित रुपमा नाका बन्द

भारतले नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका अघोषित रुपमा बन्द गराएको छ। यसअघि गरिएको सीमा नाका बन्दबारे नेपाली सुरक्षाकर्मीलाई पूर्व जानकारी गराउँदै आएकोमा शनिबार बिहानबाट एक्कासी सीमा बन्द गरिएको हो। ईलाका प्रहरी कार्यालय जमुनाहाले शनिबार बिहान ६ बजेदेखि बन्द रहेको सीमा नाका बेलुकासम्म पनि पूर्ण रुपले नखुलेको जनाएको छ।

फौजी कीराको प्रकोपले धानबाली सखाप

नेपालगन्ज उपमहानगरपालिकाको पुरैना र पुरैनी, डुडुवा गाउँपालिकाको हिरमिनिया र बेतहनी तथा राप्तीसोनारी गाउँपालिकाको बैजापुर र फत्तेपुरमा केही दिनयता फौजी कीराको प्रकोप ह्वात्तै बढेको हो। फौजी शैलीमा आक्रमण गर्ने कीराले धानको बाला काटेर नोक्सान पु¥याइरहेको किसान बताउँछन्।

तरुण दल नेतामाथि खुकुरी प्रहार

नेपाली कांग्रेस निकट नेपाल तरुण दलमा आवद्ध युवामाथि नेपालगन्जमा खुडा प्रहार भएको छ। धम्बोझी चोक नजिक रहेको एक रेष्टुरेन्टमा बुधबार राती करिव साढे १० बजेतिर उनीहरुमाथि खुडा प्रहार भएको हो।

नेपालगन्ज घटनाको विरोधमा कांग्रेसद्वारा संसद अवरुद्ध, गृहमन्त्रीसँग सांसदको सवाल जवाफ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँके घटनाको विषयलाई लिएर संसद बैठक अवरुद्ध गरेको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।

कांग्रेसमाथि आक्रमण गरेको आरोपमा १० जनाविरुद्ध किटानी जाहेरी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको राष्ट्रिय जनजागरण कार्यक्रम बिथोल्दै नेता, कार्यकर्तामाथि आक्रमणमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का १० जना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ।

नेपालगन्ज घटनाबारे देउवाको आक्रोशः ‘हामीले पनि हात भाँचिदिए के हुन्छ?’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहेको नेकपालाई संयमित बन्न चेतावनी दिएका छन्। नेपालगन्ज खजुरामा पार्टीको जागरण अभियानका क्रममा नेकपाका कार्यकर्ताले आफ्ना जिल्ला सभापति किरण कोइरालाको हातै भाँचिने गरि गरेको आक्रमणको निन्दा गर्दै देउवाले भने, ‘तिमीहरु संयतिम बन, नत्र भने हामीहरुको पनि लड्नु बाहेक अरु उपाय हुने छैन।’

‘सहकारी रकम अपचलन मुद्दा’ प्रभावित पार्न डिएसपीको सरुवा

मुद्दाको आवश्यक अनुसन्धानका लागि संस्थाका तत्कालिन उपाध्यक्ष अजयकुमार पाठक र कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमिति सदस्य दीपककुमार बर्मा लगायतविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनीहरु फरार छन्। पाठक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ र बर्मा वडा नम्बर १८ का वडाध्यक्ष हुन्।

नेपालगन्ज उपमहानगरको बचाउमा दैलेख जिसस

जिल्ला समन्वय समिति दैलेखको बैठकमा जिल्लासभा सञ्चालन गर्ने अजेन्डा मात्रै थियो। गाई ल्याउनेबारे कुनै छलफल भएको थिएन।

मन्दिरको जग्गा फिर्ता ल्याउन ठोस कदम चाल्नुपर्ने सुझाव

गैरकानुनी रुपले ब्यक्तिको नाममा गरिएको बागेश्वरी मन्दिरको जग्गा फिर्ता ल्याउन सरकारले ठोस कदम चाल्नुपर्ने नागरिक समाजका अगुवाले आग्रह गरेका छन्। मन्दिरको जग्गा हिनामिनाबारे स्थलगत अध्ययन, अनुसन्धान तथा खोजविन गर्न आएको ‘सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगको टोली समक्ष यस्ता आग्रह गरेका हुन्।

‘गौहत्या’ प्रकरणः नेपालगन्ज स्तब्ध, निष्पक्ष छानविनको माग

कान्जी हाउसभित्र राखिएका मध्ये करिब २ सय ९० जति चौपायालाई उपमहानगरपालिकाले बिहीबार राती अचानक ८ वटा ट्रकमार्फत दैलेखतर्फ पठाएको सूचना बाहिरियो। त्यसपछि शुक्रबार बिहानपख सुर्खेतमा करिब ३ दर्जन जति गाईलाई ‘भिरबाट खसालेर मारिएको’ र दर्जनौं संख्यामा घाइते रहेको भन्ने खबर सामाजिक सञ्जालमा भाइरल भयो। सुर्खेतको कटकुवामा मरेका चौपायाको तथ्यांक अहिलेसम्म पनि एकिन छैन।

महामारी फैलिँदा ५० बढी बाख्रा मरे

नेपालगन्ज उपमहानगरपालिका–२३ मा बाख्रामा महामारी फैलिएको छ। करिब दुई सातादेखि फैलिएको महामारीले अहिलेसम्म किसानको ५० भन्दा बढी खसी र बाख्रा मरिसकेको वडा नम्बर २३ का वडाध्यक्ष मोहम्मद हुसेन शेखले जानकारी दिए।

एकैरातमा खरानी भए १३ पसल (फोटो फिचरसहित)

नेपालगन्जको वीपी चोकस्थित फर्निचर उद्योगमा भीषण आगलागी भएको छ। आगलागीबाट १२ वटा फर्निचर उद्योग र एक डेन्टल क्लिनिकमा क्षति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्