२१ आश्विन २०८१ सोमबार
image/svg+xml

रासायनिक मलको मौज्दात रित्तियो

किसानको माग बढी हुने बेला बाँकेमा रासायनिक मलको मौज्दात रित्तिएको छ। किसानलाई रासायनिक मल उपलब्ध गराउन नेपाल सरकारले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई जिम्मा दिँदै आएको छ।

लक्ष्यभन्दा पौने सात करोड बढी

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज लक्ष्यभन्दा माथि पुग्न सफल भएको छ। उक्त कार्यालय आर्थिक वर्ष ०७५/७६ मा लक्ष्यभन्दा पौने सात करोडभन्दा बढी राजस्व असुली गर्न सफल भएको हो।

‘प्यान’ अनिवार्य नीतिको विरोध गर्दै नेपालगन्ज बजार बन्द

सरकारले लागू गर्न लागेको नीति, नियम ‘अव्यवहारिक’ भएको भन्दै नेपालगन्जका उद्योगी, व्यवसायी आन्दोलित भएका छन्। आन्दोलनस्वरुप उनीहरूले बुधबार नेपालगन्जको व्यापार, व्यवसाय बन्द गराएका छन्।

विमानस्थलमै थन्कियो औषधि, डोल्पामा बिरामीको बिजोग

कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौं मूल्यको औषधि करिब सातादेखि नेपालगन्ज विमानस्थलमा थन्किएको छ।

नेपालगञ्ज भन्सार कार्यालयलाई लक्ष्य भेटाउनै मुस्किल

नेपालगन्ज भन्सार कार्यालयलाई यसवर्ष लक्ष्य अनुसारको राजश्व संकलन गर्न हम्य–हम्य परेको छ। भन्सार विभागले चालु आर्थिक वर्ष २०७५/७६ का लागि १२ अर्ब ३३ करोड १ लाख १६ हजार रूपैयाँ राजश्व असुल्ने बार्षिक लक्ष्य दिएको थियो। आर्थिक वर्ष सकिनै लाग्दा कार्यालयलाई सो लक्ष्य पुरा गर्न चुनौती थपिएको हो।

ढलको निकास थुनिँदा बस्ती डुबानमा

अर्बौं बजेट खर्च गरेर आयोजना सञ्चालन भए पनि डुबान समस्या समाधान नहुँदा नेपालगन्जवासीका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझैं भएको छ।

पानीमाथिको बसाइँ

जानकी गाउँपालिका–५, पिप्रहवाका प्रेमबहादुर लोहनिया आइतबार दिउँसो घरभित्रै थिए। बाहिर वर्षा भइरहको थियो। घर अगाडिको बारीमा पानी भरिएर घरभित्र पस्दै थियो। उनी त्यहाँबाट बाहिर पनि जान खोजेनन्। असारे वर्षाले उनी चिन्तित थिए। घर अगाडि जमेको पानी धुमिलो थियो। त्यहीँ पानीमा उनकै अगाडि विषालु सर्प देखियो। उनी जुरुक्क खाटमा उभिए। सर्प पानीबाट तैरिएर उनकै खाटतिर आउँदै थियो। आँखा चिम्लेर कराए। खोल्दा सर्प कता गयो पत्तै भएन। यो नियमित उनको आइतबारको मात्र होइन। जब वर्षा हुन्छ तब उनको यो नियति दोहोरिन्छ।

वर्षेनी किन डुब्छ नेपालगन्ज उपमहानगर ?

अविरल रुपमा परेको वर्षाले शनिबार पनि नेपालगन्ज उपमहानगरको विभिन्न क्षेत्र छिनभरमै जलाम्य भयो। ढल तथा नालामा पानीको सहज निकास नहुँदा घरबारीटोल, धम्बोझी, सुर्खेतरोड, बेलासपुर, न्यूरोड, गणेशपुर, बाँकेगाउँ, कोरियनपुर, भृकुटीनगर, सदरलाईन लगायत क्षेत्र जलाम्य भए।

नेपालगन्ज नाकामा रोकिएका सवारी चाप घट्यो

सरकारको निर्णयपश्चात तरकारी र फलफुल बोकेका भारतीय सवारी साधन अब निर्वाध प्रवेश हुन पाउनेछन्। यद्यपि सरकारले गरेको निर्णयको आधिकारीक पत्र अझै नआएको सम्वद्ध अधिकारी बताउँछन्।

दशकसम्म बन्दैनन् पूर्वाधार

नेपालगन्ज रंगशाला परिसरमा पौडी पोखरी ‘स्विमिङ कम्प्लेक्स’ बन्न लागेको १० वर्ष पुग्यो। एक दशकपछि पौडी पोखरीको निर्माण कार्य असारमा सक्ने तयारी भइरहेको छ। कोहलपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने भनेर योजना बनाएको १५ वर्ष पुग्यो। तर रंगशाला कहिले बन्छ भन्ने टुङ्गो छैन।

मुख्य आरोपी पाठक प्रहरी नियन्त्रणमा

नेपालगन्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडको रकम हिनामिना गर्ने मुख्य आरोपी अरुणकुमार पाठकलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ। २०५१ सालमा स्थापना भएको उक्त सहकारीको कुल ५२ करोड पुँजी मध्ये कर्मचारीले २६ करोड हिनामिना गरेको घटना केहीदिन अघि सार्वजनिक भएको थियो।

धनगढी विमानस्थलमा उडान बन्द हुँदा नेपालगन्जमा जहाजको चाप

धनगढी विमानस्थल बन्द भएपछि नेपालगन्जमा ठूला जहाजको चाप ह्वात्तै बढेको छ। मर्मत कार्य चलिरहेका कारण त्यहाँ करिव दुई सातादेखी धनगढी विमानस्थल पूर्ण रुपमा बन्द छ। नेपालगन्जबाट काठमाडौंका लागि अचेल दैनिक रुपमा १० वटा उडान हुने गरेको छ। नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले धनगढी विमानस्थल बन्द हुँदा लोड थपिएको बताए।

हुलाकी सडकको विवाद समाधान

नेपालगन्जदेखि कट्कुइयासम्म निर्माणाधीन हुलाकी राजमार्गमा देखिएको अवरोध हटेको छ। संवाद समूह बाँकेको पहलमा वर्षौंदेखिको सडक विवाद साम्य भएको हो।

मापदण्डविपरीत बन्यो पौडी पोखरी

नेपालगन्ज रंगशाला परिसरमा स्विमिङ कम्प्लेक्स बन्न लागेको झन्डै एक दशक भयो। अहिलेको अवस्थासम्म आइपुग्न नेपाल सरकारले १४ करोड २८ लाख रकम पोखरी निर्माणमा खर्च गरिसकेको छ। तर दशक बित्दा पोखरी खेल्न योग्य भइसकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्