२१ आश्विन २०८१ सोमबार
image/svg+xml

निर्माणधिन पुर्वाधारले खेलाडीलाई सास्ती, अस्तव्यस्त पुर्वाधार, अन्यौलमा प्रतियोगिता

आठौ राष्ट्रिय खेलकुदको सुटिङ प्रतियोगिता शुक्रबार सुरु हुने तय थियो। प्रतियोगिता हुने स्थल नेपालगन्ज रंगशाला कभर्डहलसँगै जोडिएको सुटिङ रेन्ज हो। शुक्रबार देखि प्रतियोगिता हुने तय भएको सुटिङ रेन्जमा कुनै चलहपहल थिएन। रेन्ज परिसरमा पुग्दा आधा दर्जन अफिसियल कुर्सीमा बसेर कुराकानी गरिरहेका थिए।

गर्मीमा आठौं राष्ट्रिय खेलकुद

नेपालगन्ज रंगशालामा चहलपहल ह्वात्तै बढेको छ। अझैं पनि निर्माण भैरहेको नेपालगन्ज रंगशाला हेर्न स्थानीयले चासो देखाइरहेका छन्। रंगशालामा खेलकर्मीको भिड बढ्दै छ। आठौं राष्ट्रिय खेलकुदको माहोलले नेपालगन्जलाई दिन प्रतिदिन व्यस्त बनाउँदै गएको छ।

घुससहित समातिएका नेपालगन्ज भन्सारका नायव सुब्बाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५२ हजार घुससहित पक्राउ परेका नेपालगन्ज भन्सार कार्यालयका नायव सुब्बा लक्ष्मण बहादुर चन्दविरुद्ध  विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। चन्दले भन्सारबाट आयात हुने चामललगायत अन्य सामानहरुको प्रज्ञापन पत्र बनाइदिने तथा भन्सार जाँच पासमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको उजुरीको आधारमा अख्तियार बुटवलअन्तर्गतको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले ५२ हजार घुससहित नियन्त्रणमा लिएको थियो।

अपहरण–हत्या काण्डका दोषी ६ वर्षपछि पक्राउ

अपहरण तथा शरीर बन्दक मुद्दामा प्रतिवादी निजामुद्धिन विरुद्ध बाँके जिल्ला अदालतले दोषी ठहर गरी २०७२ माघ २ गते ९ वर्ष कैद र ९ लाख ५० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो।

आठौं राष्ट्रिय खेलकुद अझै अन्योलमा

पाँच नम्बर प्रदेशमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नतोकिँदा अन्योलता छाएको छ। प्रतियोगिताका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण कार्य पूरा नहुँदा मिति तोक्न ढिलाइ भएको हो। प्रतियोगिताको मिति नतोकिँदा अन्योल छाएको खेलाडी तथा प्रशिक्षकहरू बताउँछन्।

नेपालगन्जको मुख्य सडकमै बम फेला, जनजीवन आतंकित

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आव्हान गरेकै दिन नेपालगन्ज उपमहानगरपालिकाको राँझास्थित मुख्य सडकमै बम फेला परेको छ। नेपालगन्ज–कोहलपुर चारलेन सडकमै बम फेला परेपछि जनजीवन आतंकित बनेको छ।

डोल्पा–नेपालगन्ज यात्रामा सास्ती नै सास्ती

घरको आँगनबाटै गाडी चढेर नेपालगन्ज पुगिन्छ भन्ने सुन्दा त्रिपरासुन्दरी नगरपालिका–१ की सुस्मिता श्रेष्ठ कम्ती खुसी भएकी थिइनन्। किनकि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै उनको वर्षौंदेखिको सडक यात्राको सपना पूरा हुँदै थियो। उनले हवाई टिकट रद्द गरेरै पहिलोपटक गाडीबाट नेपालगन्ज जाने निधो गरिन्। जिपमा भएभरका सामान राखेर त्रिपुरासुन्दरी–१ छलगाडबाट यात्रा थालिन्।

नवीकरण बन्द हुँदा छट्पटाउँदै उद्योगी व्यवसायी

नवीकरण म्याद गुज्रिदा नेपालगन्ज उपमहानगरपालिका–१३ उदयपुरमा रहेको सुमन इँटा उद्योगको आर्थिक कारोबार ठप्प छ। उद्योगको नवीकरण म्याद गुज्रेको दुई वर्ष नाघिसकेको छ। उद्योग नवीकरणका लागि पहल गरिदिन सञ्चालक सुमन अलि दैनिक रुपमा घरेलु तथा साना उद्योग कार्यालयमा धाइरहेका छन्। तर, कार्यालयले नवीकरण गरिदिने परिपत्र केन्द्रबाट नआएको भन्दै उनलाई फर्काइरहेको छ। करिब एक करोड रुपैयाँ लागतमा ०६४/६५ मा सुमनले श्रीमती फातमा बानोको नामबाट उद्योग सञ्चालन गरेका थिए।

रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड

नेपाल–भारत खुल्ला सिमानाका कारण नेपालगन्जमा दैनिक उपभोग्य वस्तुको मूल्य घटबढ हुने गरेको छ। उपभोक्तालाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु प्रायः यहाँका व्यापारीले भारतबाटै आयात गर्छन्। भन्सार महसुल तिरेर आयात हुने र अवैध रुपमा भित्रिने सामानको बिक्री मूल्य फरक पर्छ। यसले नेपालगन्जको बजारलाई समेत प्रभाव पार्ने गरेको व्यापारी बताउँछन्। पसलपिच्छे दैनिक उपभोग्य प्वस्तुको मूल्यमा अन्तर देखिन्छ।

अधिकार मिच्ने अभ्यासमा जनप्रतिनिधि

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सुनिलसिंह हमाल कानुनले दिएको अधिकारको पूर्ण प्रत्याभूति गर्न पाएका छैनन्। वडाले पाएका कतिपय अधिकारमाथि उपमहानगरपालिकाले हस्तक्षेप गरेको उनको बुझाइ छ।

आठौं राष्ट्रिय खेलकुद अझै अनिश्चित

दुई–दुई वर्षमा आयोजना गर्नुपर्ने राष्ट्रिय खेलकुद समग्र नेपाली खेलाडीको भविष्य निर्धारण गर्ने एक ठूलो प्रतियोगिता हो। तर, पहिला तीन संस्करणभन्दा बाहेक त्यसपछिका संस्करण भने २–२ वर्षमा हुन सकेनन्। वि.सं. २०३८ सालमा पहिलो संस्करण काठमाडौंमा भएको थियो।

नेपालगन्जमा बजाज आरई महा टेस्ट ड्राइभ

बजाज आरई थ्री ह्विलर (टेम्पु)को अधिकृत बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले उक्त बाहनबारे जानकारी, टेस्ट ड्राइभ र मनोरञ्जन दिन नेपालगन्जमा गत शनिबार बजाज आरई महा टेस्ट ड्राइभ मेला गरेको जनाएको छ।

भूमिराजलाई नेपालगन्ज म्याराथन उपाधि

नेपाल प्रहरीका भूमिराज राईले शनिबार नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। क्रिएटिभ ह्यान्डको आयोजनामा भएको प्रतियोगितामा राईले २ घण्टा ३३ मिनेट २० सेकेन्डमा दौड पूरा गरेका थिए।

धावक हरिबहादुर भन्छन्, राज्य एकातिर, खेलाडी अर्कातिर

लामो दूरीका धावक हरिबहादुर रोकाय प्राय एक्लै हिँडदैनन्। यात्राका क्रममा भेटिँदा खेलाडी छुट्दैनन् उनीसँग। शुक्रबार नेपालगन्ज बिपी चौकमा भेटिँदा हरिसँग थिए जुम्लाका धावक नरेश बुढा, प्रकाश कठायत र रेजिना बस्नेत।

व्यस्त सडकमा बम फेला, सेनाद्वारा डिस्पोज

चौबिसै घण्टा प्रहरीको उपस्थिती रहने नेपालगन्जको व्यस्त सडक पुष्पलाल चोकमै बिहीबार दिउँसो बम फेला परेकाे छ। कपडाले बेरिएको राेखेकाे अवस्थामा उक्त बम फेला परेकाे हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्