बुद्ध एयरका दुई जहाजको आकस्मिक अवतरण
उडिरहेका बुद्ध एयरका दुई जहाज काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।
उडिरहेका बुद्ध एयरका दुई जहाज काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।
निर्माण अवधिमा कुनैखाले अवरोध नआउँदो हो त शनिबार (जुलाई १०) पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण हुनुपर्ने हो । तर, कोरोना भाइरस संक्रमण र केही आन्तरिक अप्ठेरोले तोकिएको समयमा विमानस्थल निर्माण पूरा हुन सकेन । विमानस्थल निर्माण गरिरहेको कम्पनीले एक वर्ष म्याद थप्नका लागि माग गरेको छ ।
विकासले विनास पनि सँगसँगै लिएर आउँछ । विकासकै कारण धेरैतिर विनास पनि भएका छन् । पछिल्लो समय सडक सञ्जाल बिस्तारको क्रममा जथाभावी खनिएको सडकले वर्षातमा पहिरोको जोखिम बढाएको छ । यस्तै ठुला विकासले पर्यावरणमा समेत गम्भीर असर पुर्याउने अध्ययनले देखाएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले यही असार १७ गतेदेखि सञ्चालन हुने मुलुकको आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित तवरले तयारी गरिएको जनाएको छ।
भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
मनसुनी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बदली र वर्षा भइरहेको छ।
देश शान्ति प्रक्रियामा गइसकेपछि विमानस्थल अतिक्रमणमा पर्यो। त्यहाँ सयौँ घरटहरा बने। अन्ततः विमानस्थल सञ्चालनमा ल्याउने सबै सरोकारवालाको सहमतिपछि मुक्त कमैया सुकुम्बासीलाई त्यहाँबाट स्थानान्तरण गरियो। विमानस्थल खाली भयो। विमानस्थल खाली गराउँदा पनि करोडौँ रुपैयाँ खर्च भएको तत्कालीन विमानस्थल सञ्चालक समितिका अध्यक्ष टीकाराम जैशीले बताए।
कोरोना भाइरस संक्रमणका कारण निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयमा पुरा नहुने निश्चित भएको छ ।
अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन्। जसमा एक हजार ४६८ जना विदेशी नागरिक र १० हजार ९३२ जना नेपाली नागरिक स्वदेश भित्रिएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार १३ वटा उडान भएको विमानस्थल कार्यालयले जनाएको छ। बुधबारका उडानहरू नियमित नभएर मेडिकल चार्टर्ड तथा उद्धार उडान रहेको विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थल स्तरोन्नतिअन्तर्गत प्राधिकरणले नेपालगन्जमा एप्रोन (जहाज पार्किङस्थल) निर्माणको काम सम्पन्न गरिसकेको छ। उक्त एप्रोनमा करिव ८ वटा ठूला जहाज एकैपटक पार्किङ गर्न मिल्ने प्राधिकरणका अधिकारी बताउँछन्। विमानस्थलको २ सय मिटर रनवे थप विस्तार गर्ने काम भइरहेको छ।
पिसिआर परीक्षण नै नगरी कोरोना नभएको पुष्टि हुने नक्कली रिपोर्ट लिएर विदेश जान खोज्नेलाई रोकेको अध्यागमनको भनाइ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार जजिरा एयर, एयर अरेबिया र सलाम एयरबाट खाडी मुलुक जान खोज्नेलाई रोकिएको हो।
इलामकै महत्वपूर्ण आयोजना मानिने फाल्गुनन्द सुकिलुम्बा विमानस्थल कालोपत्रे भई उडान–अवतरणका लागि तयार भएपछि इलामवासी खुसी छन्। पर्यटकीय जिल्लामा विमानस्थलसमेत थपिएपछि पर्यटक आउजाउ बढ्ने र यहाँको आर्थिकस्तर अझ सुध्रिने आशा व्यवसायीलाई छ।
सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उडान–अवतरणका लागि तयार भएको छ। सामान्यबाहेक विमानस्थल निर्माणको सबै मुख्य कार्य पूरा भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अब विमान उडान–अवतरण गराउन सकिने जनाएको छ।
यो वर्ष मार्चमा मात्रै एक लाख २९ हजार आठ सय ६२ अन्तर्राष्ट्रिय यात्रुले त्रिभुवन विमानस्थल प्रयोग गरेका छन्। उक्त संख्या हवाई सेवा प्रयोग गर्दै नेपाल आउने र जानेको हो। अध्यागमन विभागका अनुसार मार्चमा पोहोर चैत यताकै सबैभन्दा धेरै विदेशी नेपाल भित्रिएका छन्।