गोरखापत्रको निर्णयविरुद्ध अन्तरिम आदेश
सर्वोच्च अदालतले गोरखापत्र संस्थानको सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू दीपककुमार कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले सञ्चालक समितिले कानुनविपरीत निर्णय गरेको भन्दै कार्यान्वयन नगराउन अन्तरिम आदेश गरेको हो।