उत्तरी गोरखामा हिउँपहिरो, मनास्लु पदमार्ग बन्द
उत्तरी गोरखामा शुक्रवार दिनभर भारी हिमपात भएको छ। तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिको सामागाउँ, छेकम्पार लगायत धार्चे गाउँपालिकाको लाप्राकमा बाक्लो हिउँ परेको हो। हिउँ अत्याधिक परेसँगै मनास्लु पदमार्गको बिभिन्न ठाउँमा पहिरो बगेको छ। हिउँ पहिरोका कारण मनास्लु पदमार्ग बन्द रहेको वडा नम्बर ४ का अध्यक्ष पेम्बाडुण्डुप लामाले बताए।