११ मंसिर २०८१ मंगलबार
image/svg+xml

छिटो मेलम्ची सक्न प्रधानमन्त्रीको निर्देशन

साढे २७ किमी लामो अम्बाथान–सुन्दरीजल सुरुङमार्गमध्ये अब करिब दुई किमीमात्र खन्न बाँकी छ। आगामी पुसभित्र मेलम्ची पानी राजधानी पुग्नेमा आयोजनाका अधिकारी विश्वस्त छन् ।

ठेकेदारले आपुर्तिकर्तालाई भुक्तानी नगर्दा मेलम्चीको काम रोकियो

आपुर्तिकर्ताले भुक्तानी नपाएको भन्दै मेलम्ची खानेपानी आयोजनाको काम बन्द गरेका छन्। एक दर्जन बढी आपुर्तिकर्ताहरुले सामान नदिएपछि ४ दिन देखि काम बन्द छ।

पुसभित्र कामाडौँमा मेलम्चीको पानी आउँछ : मन्त्री यादव

खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले काठमाडौँवासीले पुस महिनाभित्रै मेलम्चीको पानी पिउन पाउने बताएका छन्।

अन्तिम चरणमा मेलम्ची पूर्वाधार

मेलम्चीको पानी उपत्यकामा ल्याउने कुरा कुनै बेला छेपाराको कथा जस्तो भइसकेको थियो। अहिले भने त्यही छेपाराको कथा वास्तविकता नजिक पुगेको छ। मेलम्चीबाट पानी भित्रि नसके पनि उपत्यकावासी अब चाडै आउनेमा विश्वस्त छन्।

मेलम्ची खानेपानीलाई ६ अर्ब, सिँचाईको लागि २७ अर्ब बजेट छुट्याइयो

प्रतिक्षारत मेलम्ची खानेपानी आयोजनाका लागि सरकारले ६ अर्ब ५७ करोड बजेट विनियोजन गरेको छ ।

मेलम्ची नगरपालिकामा एमालेका डम्बर अर्याल विजयी

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा एमालले विजय हासिल गरेको छ । एमालेका डम्बर अर्याल ८६७८ मत सहित मेयरमा निर्वाचित  भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका आइतमान तामाङले ७०३३ मत प्राप्त गरे ।

मेलम्ची ३ र ४ मा काँग्रेस, २ र ५ मा एमाले विजयी

पछिल्लो मत परिणामअनुसार मेलम्ची नगरपालिका– ३ र ४ मा नेपाली काँग्रेस विजयी भएको छ भने सोही नगरपालिकाको वडा नं– २ र ५ मा नेकपा एमाले विजयी भएको छ ।

मेलम्ची नगरपालिका उम्मेदवारको यस्ता छन् अजेन्डा

वडैपिच्छे सम्भावना अध्ययन गरी पञ्चवर्षीय गुरुयोजना तयार गरिनेछ। गुरुयोजनाको मार्गचित्र अनुसार पूर्वाधार निर्माण गर्ने योजना छ। मेलम्चीलाई पर्यटकीय नगरी बनाइनेछ। समग्रमा सुन्दर र समृद्ध मेलम्ची बनाउने योजना छ।

मेलम्चीको पानी बग्ने पाइपमाथि फस्यो १२ चक्के ट्रक

काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)ले मेलम्चीको पानी ल्याउने पाइप छ्यिाउन खको खाडल राम्ररी नपुर्दा शुक्रबार एक मालबाहक ट्रक फसेको छ।

सर्त थोपर्दै मेलम्ची ठेकेदारः असोजमा पानी आउने सम्भावना कम

सरकारले असोजभित्रै काठमाडौं उपत्यकावासीको धारोमा मेलम्चीको पानी ल्याउने घोषणा गरे पनि ठेकेदार कम्पनीले भने सोही अनुपातमा सुरुङ खन्ने गति बढाउन सकेको छैन । मेलम्ची खानेपानी उपआयोजनाको ठेकेदार कम्पनीले सुरुङ खन्ने गति बढाउनुको सट्टा नयाँ–नयाँ सर्त थोपर्दै आएको छ ।

साउनको तेस्रो हप्ताबाट मेलम्ची पानी परीक्षण वितरण

मेलम्ची खानेपानी योजनाअन्तर्गत ‘वाटर ट्रिटमेन्ट प्लान्ट’का उपप्रमुख प्रकाशरुद्र श्रेष्ठले परियोजनाले परीक्षणका रुपमा साउनको तेस्रो हप्तादेखि राजधानीमा पानी पठाउन सुरु गर्ने बताएका छन् ।

मेलम्ची खानेपानी : ‘कामभन्दा परामर्शमा बढी खर्च’

मेलम्ची खानेपानी उपआयोजनाले मेलम्चीको सुरुङ तथा हेडवर्क्स निर्माणको परामर्शमा तोकिएभन्दा दोब्बर खर्च गरेको खुलासा भएको छ। महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५४ औं प्रतिवेदनमा उपआयोजनाले परामर्शको नाउँमा दोब्बर खर्च गरेको खुलासा गरिएको छ।

बोतलमा मेलम्ची पानी !

मेलम्चीको पानी असोज महिनामा काठमाडौंमा आउँला त? मेलम्ची खानेपानी आयोजनाको समाचार संकलन गर्न अम्बाथान पुगेका पत्रकारको प्रश्न खस्न नपाउँदै मेलम्चीको सुरुङ खन्दै आएका श्याम दाहालले भने, 'बोतल ल्याउनुभएको छ? लिएर जानुस्, आजै पुग्छ।'

मेलम्चीमा राज्यलाई ५८ करोडको भारः लेखा समिति

व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी विकास समितिलाई ठेकेदार कम्पनीलाई ५८ करोड रुपैयाँ क्षतिपूर्ति दिनुको कारण सात दिनभित्र स्पष्ट पार्न निर्देशन दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्