११ मंसिर २०८१ मंगलबार
image/svg+xml

मेलम्चीमा मनमानी

मेलम्ची आयोजना चाँडै सम्पन्न होला र काकाकुल काठमाडौंको तिर्खा मेटिएला भनेर पर्खेको दुई दशक पुग्ने छाँट देखिँदैछ। आयोजना प्रगतिको कछुवा गतिले राजधानीवासीको धैर्यको बाँध टुटाउन लागेको छ। राजधानीवासीलाई आयोजना सञ्चालकहरूले दिएको आश्वासन पट्ट्यारलाग्दो गरी कुरेका कुर्‍यै छन्।

असोजमा पनि नआउने भयो मेलम्ची

आगामी असोजमा पनि राजधानीवासीका धारामा  मेलम्चीको पानी आउने सम्भावना लगभग टरेको छ। मेलम्ची खानेपानी आयोजनाको योजना अनुसार सुरुङ खन्ने काम नभएकाले असोजमै पानी आउने सम्भावना टरेको हो।

मेलम्चीले भत्काएका सडक वर्षात्अघि नै कालोपत्रे

मेलम्ची खानेपानी वितरणका लागि भत्काइएका सडक वर्षाअघि नै कालोपत्रे गरिने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय निर्देशक तिरेशप्रसाद खत्रीले असारभित्रै पाइपलाइन विस्तारका क्रममा खनिएका सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढाइएको बताए ।

दशैंमा उपत्यकाका घरघरमा मेलम्चीकाे पानीः मन्त्री सिंह

खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले अाउने दशैंसम्ममा काठमाडाैं उपत्यकाकाे घरङरमै मेलम्चीकाे पानी वितरण गरिने दाबी गरेका छन्।

२४ सै घन्टा पानी आपूति गर्न मेलम्ची दोस्रो

एसियाली विकास बैंक (एडिबी) ले मेलम्ची खानेपानी आयोजना असोजमा सकिएपछि दोस्रो चरणको आयोजना निर्माणमा सहयोग गर्ने भएको छ। मेलम्चीको दोस्रो आयोजनामा सहयोग गर्न तयार रहेको एडिबीका उपाध्यक्ष वाइचाङ झ्याङले बताए।

उपत्यकाकाे सडकः 'मेलम्चीपानी'काे सपनासँगै फाेक्साे भरिने धुलाे

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकाका सडकमुनि विभिन्न ४० स्थान मेलम्चीकाे पानि वितरण गर्न पाइप विच्छ्याउने कार्य जारी राखेकाे छ।

सुन्दरीजलदेखि मेलम्ची छिचाेल्न ५ किलाेमिटर बाँकी

मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब पाँच किमी मात्र बाँकी रहेको छ। सिन्धुपाल्चोकको हेलम्बु गाविसको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये हालसम्म २२.५ किमी. सम्पन्न भइसकेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराइले जानकारी दिए।

'महसुल नतिर्नेलाई मेलम्चीको पानी नदिइने'

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महसुल नतिर्ने ग्राहकलाई मेलम्चीको पानी वितरण नगरिने भएको छ ।

जोडियो मेलम्ची पानीको सुरुङ

आउँदो दसैंमा राजधानीवासीलाई पानी खुवाउने गरी तीव्र गतिमा निर्माण भइरहेको मेलम्ची खानेपानी आयोजनाका दुई सुरुङ बुधबार जोडिएको छ। यसले पूर्वघोषित मितिमै राजधानीको तिर्खा मेटिने आशा बलियो बनाएको छ।

मेलम्ची खानेपानीको सुरुङ पाँच किलोमिटर मात्र बन्न बाँकी

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुरुङ मार्ग (टनेल) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । “यही गतिमा काम जारी रहे २०७४ साल भदौ महिनाभित्रमा सुरुङ मार्ग खन्ने काम सम्पन्न हुन्छ, कुल २७ किलोमिटरमध्ये अब साढे पाँच किलोमिटर मात्र निर्माण गर्न बाँकी छ,” खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले भने। यो नेपालको पहिलो सुरुङ मार्गसमेत हो ।

पहेँलो कणले मेलम्चीको काम बिथोलियो

बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल क्षेत्रमा पहेँलो रंगको चम्किलो पदार्थ भेटिएपछि पानी सुरुङमा छिराउनका लागि इन्टेक बनाउन जारी चट्टाने पहाड खन्ने काम रोकिएको छ। उक्त चम्किलो पहेँलो पदार्थ 'सुन' हुन सक्ने आशंका गरिएपछि त्यस क्षेत्रलाई सुरक्षाकर्मीले तीन दिनदेखि नियन्त्रणमा लिएका छन्। नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले चट्टाने पहाडको सुरक्षा गरिरहेको छ।

मेलम्चीमा भेटिएकाे पहेंलो वस्तु परीक्षण गर्न खानी विभाग पठाइयाे, निर्माण कार्य प्रभावित

बहुचर्चित तथा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल क्षेत्रको चट्टाने पहाडमा सुन जस्तै पहेंलो रंगको चम्किलो पदार्थ भेटिएपछि त्यहाँ पहाड खन्ने काम रोकिएको छ।

मेलम्ची दुई दशकमा पनि नबन्ने

काठमाडौं उपत्यकाको तिर्खा मेटाउने लक्ष्यले अघि बढाइएको मेलम्ची खानेपानी आयोजनाकाम सुरु भएको झन्डै दुई दशकसम्म पनि पूरा नहुने अवस्था देखिएको छ । सरकारको कमजोर अनुगमन, ठेकेदारको ढिलाइ र गत वर्ष आएको भूकम्प तथा भारतले गरेको नाकाबन्दीको असर निर्माणमा देखिएको हो ।सरकारले दुई वर्षअघि नै उपत्यकाबासीलाई मेलम्चीको पानी वितरण गर्ने आश्वासन बाँडे पनि सोअनुसार उपलब्धि भएको छैन ।

मेलम्ची पानी ‘नयाँ वर्षमै'

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी नयाँ वर्ष उपहारमा उपत्यकावासीलाई मेलम्ची पानी दिन सम्बद्ध अधिकारीलाई निर्देशन दिएका छन्। पटक–पटक समय गुजारेर चौथो लक्ष्य निर्धारण गरिएको डेढ दशक पुरानो सपना मेलम्ची खानेपानी अब पछाडि नधकेलिने उनले स्पष्ट पारे।

नयाँ बर्षमै काठमाडाैंमा मेलम्चीको पानी : प्रधानमन्त्री

मेलम्ची खानेपानी आयोजनाको स्थलगत भ्रमण गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निश्कर्ष छ-‘२०७४ सालमा काठमाडाैंमा मेलम्चीको पानी पुग्ने देखियो।’ उनले आयोजनाको प्रगतिबारे विस्तृतमा जानकारी लिएपछि प्रतिकृया दिएका छन्-‘यो आयोजना सम्पन्न गरेर राष्ट्रिय गाैरवका आयोजना सम्पन्न गर्न अब ढिला गर्न हुँदैन भन्ने सन्देश दिनु जरूरी छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्