२ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

पुसभित्र कामाडौँमा मेलम्चीको पानी आउँछ : मन्त्री यादव

काठमाडौँ – खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले काठमाडौँवासीले पुस महिनाभित्रै मेलम्चीको पानी पिउन पाउने बताएका छन्। 

रिपोर्टर्स क्लबको साक्षात्कारमा बुधबार मन्त्री यादवले असोज महिनामै पानी ल्याउने भनिए पनि प्राविधिक समस्याका कारण पुसको पहिलो सातासम्मलाई सारिएको स्पष्ट पारे। 

उनले भने, “ढुक्क हुनुहोस् पुसभित्र मेलम्चीको पानी ल्याएरै छाड्छौँ, स्व नेता कृष्णप्रसाद भट्टराईको काठमाडौँमा मेलम्चीको पानी ल्याउने सपना पूरा हुँदैछ ।” दशैँअघि ल्याउन कोशिश गरिएका तर चार ठाउँबाट टनेलको काम बाँकी रहेकाले पुससम्म सरेको मन्त्री यादवले बताए। 

प्रधानमन्त्री देउवाको निर्देशनअनुसार काठमाडौँका सडकमा देखिएका सबै खाल्डाखुल्डी पुर्ने काम केही दिनमै सकिने उनको भनाइ थियो । “काठमाडौँमा देखिएको खानेपानी समस्या हल गर्न विभागलाई निर्देशन दिइएको छ, पिउने पानीमा देखिएको लेदो, फोहर हटाउने काम पनि हुन्छ”–उनले भने। 

फरक प्रसंगमा मन्त्री यादवले असोज २ गते हुने प्रदेश नं २ को निर्वाचनअघि नै संविधान संशोधन प्रस्ताव पारित गराउने भन्दै प्रस्ताव पारित नभए पनि मधेशमा हुने चुनाव कुनै पनि हालतमा नरोकिने बताए। रासस 

प्रकाशित: १८ श्रावण २०७४ १३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App