२ मंसिर २०८१ आइतबार
image/svg+xml

एमाले महाधिवेशन: एघार जिल्लाबाट प्रतिनिधिको विवरण आउन बाँकी

नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट अझै प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ। ती जिल्लामा प्रतिनिधि छनोट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

एमाले महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस निकालिने

एमालेले उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता गराउने जनाउँदै आएको छ। चितवन जिल्लाबाट मात्रै एक लाखभन्दा बढी सहभागी हुने एमालेको दाबी छ। ठूलो सङ्ख्यामा सहभागी हुँदा व्यवस्थित गर्न कठिनाइ हुनसक्ने भएकाले पूर्वतयारी गरिएको हो।

अखिल शुभकामना साँझ हुँदै

नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज विभिन्न चाडपर्व र पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा अखिल शुभकामना साँझ आयोजना गर्दैछ।

महाधिवेशनको उद्घाटन सत्रमा एक लाख सहभागी गराइने

महाधिवेशन उद्घाटन सत्रमा अन्य जिल्लाबाट ठूलो सङ्ख्यामा सहभागी गराइँदै छ। पाँच लाखभन्दा बढी सहभागी गराउने जनाइएको छ।

प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

प्रतिक्षदलले बन्दका कारण सांसदहरू आउन नसक्ने भनेर बखेडा झिकेपछि साढे १२ बजे बस्ने भनेको बैठक अझैसम्म बस्न सकेको छैन।

एमाले महाधिवेशन प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा

नेकपा (एमाले) को आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्न निर्वाचन क्षेत्र र जिल्लाबाट छानिएका प्रतिनिधिको विवरण सो पार्टीको केन्द्रीय कार्यालयमा पठाउने क्रम जारी रहेको छ।

एमाले दसौं महाधिवेशन: ८५ प्रतिशत प्रतिनिधि सर्वसम्मत चयन

चितवनमा मंसिर १०–१२ मा हुने दसौं राष्ट्रिय महाधिवेशनका लागि शनिबार र आइतबार ८५ प्रतिशत प्रतिनिधि चयन भइसकेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

मोरङबाट ५७ जना महाअधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

क्षेत्र नम्बर ६ मा पनि आइतबार सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएपछि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएका हुन्।

एमाले महाधिवेशनः उदयपुर १ मा चुनाव, २ मा सर्वसम्मत प्रतिनिधि छनौट

पार्टी अध्यक्ष केपी ओलीले सर्वसम्मत प्रतिनिधि चयन गर्न आव्हान गरे पनि निर्वाचन क्षेत्र नं. २ मा सर्वसम्मत भए पनि १ मा भने चुनावी प्रक्रिया अपनाएर छनौट टुंग्याइएको छ।

एमाले महाधिवेशन: इलामबाट छानिए २१ प्रतिनिधि

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छानेको छ। जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट सर्वसम्मत् रूपमा २१ प्रतिनिधि छानिएको एमाले जिल्ला कमिटीले जनाएको छ।

एमालेमा केन्द्रीयता हाबीः ‘हाई कमान्ड’कै निर्देशनबमोजिम प्रतिनिधि छनोट

पार्टी ‘हाई कमान्ड’ (मूल नेतृत्व) ले सकेसम्म सबैतिर सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न निर्देशन दिएको र मातहतका कमिटीले पनि त्यसैलाई कार्यान्वयन गर्दा केन्द्रीयता हाबी भएको हो। पार्टी संकटमा रहेको र एमालेभित्र एकता कायमै रहेको देखाउनुपर्ने बाध्यतालाई ध्यान दिँदै हाई कमान्डले प्रतिनिधि छनोटका लागि सर्वसम्मत तरिका अपनाउन निर्देशन दिएको हो।

सुनसरीमा एमालेको महाधिवेशन प्रतिनिधि चयनमा भएन सहमति, ३० गते मतदान

अधिकृत बस्नेतका अनुसार अब २ दिनसम्म दाबी विरोध र नाम फिर्ता गर्ने समय दिइनेछ भने कार्तिक ३० गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक, गैँडाको हातमा झन्डा

नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।

एमाले महाधिवेशनको बन्दसत्र होटल सेभेन स्टारमा

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको टुङ्गो लागेको छ। सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो।

एमालेको पार्टी सदस्यता आठ लाख पुग्यो

नेकपा (एमाले)को पार्टी सदस्यता सङ्ख्या करिब आठ लाख पुगेको छ। दशौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्