६ आश्विन २०८१ आइतबार
image/svg+xml

संसद्‌बाट एमसीसीमाथिको व्याख्यात्मक घोषणा बहुमतले स्वीकृत

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको एमसीसीमाथिको १२ बुँदे व्याख्यात्मक घोषणासहितको अनुमोदन प्रस्ताव बैठकमा टेबल गरेपछि छलफल सुरु भएको हो।

राजस्वतर्फ वार्षिक लक्ष्यको ५३ प्रतिशत संकलन: सात महिनाको पुँजीगत खर्च ६३ अर्ब

सरकारले चालु आर्थिक वर्षको सात महिनामा पूर्वाधारलक्षित पुँजीगत बजेटको १६.८७ प्रतिशत मात्रै खर्च गरेको छ। यसले आर्थिक वर्षको सात महिना बित्दा पनि सरकारी अधिकारी र निकायहरू आफैंले बनाएको योजना अनुसार काम गर्न असफल रहेको देखाएको छ।

एडिबीसँग थप सहकार्य आवश्यः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापकरूपमा लैजान एसियाली विकास बैंक (एडिबी)सँग नेपालले थप साझेदारी गर्नुपर्ने बताएका छन्।

‘पुँजी बजार सुधार्न स्वतन्त्र भएर काम गर्नुहोस्’

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कसैको प्रभावमा नपरी स्वतन्त्ररूपमा काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई सुझाव दिएको छ।

अर्थतन्त्रका अशुभ संकेत

अति कम विकसित राष्ट्रबाट माथि उठ्न संघर्ष गरिरहेको हाम्रो जस्तो मुलुकलाई फजुल खर्च घटाएर पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, शुद्ध पिउने पानी जस्ता क्षेत्रमा लगानी गर्नुपर्ने खाँचो छ। विडम्बना, चालु बजेटको मध्यावधि अवस्थाले अहिलेको सरकारको गति सही बाटोतर्फ लागेको देखिँदैन।

गृह र अर्थमन्त्रीबीच छलफल

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन तयारीलाई लिएर गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच बुधबार छलफल भएको छ। निर्वाचनका लागि आवश्यक जनशक्ति, सुरक्षा प्रबन्ध र बजेट व्यवस्थापनबारे उनीहरूबीच छलफल भएको हो।

'डिजिटल नेटवर्किङ’मा नलाग्न अर्थमन्त्रीको आग्रह

डिजिटल नेटवर्किङको माध्यमबाट देशको पूँजी विदेश पलायन भइरहेकाले यस्तो गैरकानूनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह गरे।

'विकासमैत्री नीति र संरचनाको अभावमा अर्थतन्त्रलाई गतिशील तुल्याउन कठिन'

अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीति र संरचनाको अभावमा अर्थतन्त्रलाई गतिशील तुल्याउन कठिन भएको बताएका छन्। अर्थतन्त्रका जानकारहरूसँग आज भएको छलफलमा उनले उक्त कुरा बताएका हुन्।

भन्सारमा इ–पेमेन्ट सुरु

७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यो प्रणाली सुरु गरेका हुन्। यो प्रणाली लागू भएपछि व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत तिर्न सक्ने छन्। यसले घरमै बसेर भन्सार जाँचपास गर्न सकिने तथा राजस्व संकलनमा समेत सहजता दिने मन्त्री शर्माले बताए।

फेरि लकडाउन अर्थतन्त्रले थेग्दैनः अर्थमन्त्री

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को सोमबार भएको दोस्रो वार्षिकोत्सवमा बोल्दै शर्माले अर्थतन्त्रमा अहिले केही चाप र दबाब देखिए पनि खराब अवस्थामा नपुगेको स्पष्ट पारे।

सुनकोसी–मरिण डाइभर्सनलाई बजेट अभाव हुँदैनः अर्थमन्त्री शर्मा

सुनकोसी–मरिण डाइभर्सनको सुरुङको काम सुरु भइसकेको जानकारी दिँदै उनले सबै काम सुचारु गर्न थप २० अर्ब बजेट स्वीकृत गरी सिँचाइ मन्त्रालयमा पठाइसकिएको अर्थमन्त्री शर्माले जनाए।

‘वित्तीय बजारमा सरकारी नीतिले अफ्ठेरो पारेको भए सच्याइने छ'- अर्थमन्त्री

महिनौँदेखि तरलता अभावका कारण बैंँकले लगानी गर्न नसकी निक्षेप सङ्कलनलाई प्राथमिकता दिइरहेका समयमा सरकारको कानूनले वित्तीय बजारमा समस्या परेको हो भने त्यसको समाधान गरिने उनले विश्वास दिलाएका छन्।

सरकारकै कारण बजारमा तरलता अभाव रहेको अर्थमन्त्री शर्माको स्वीकारोक्ती

उनले राष्ट्र बैंकसँग अहिले १६ अर्ब तरलता रहेको भन्दै ९० अर्ब रुपैयाँसम्म बैंकहरुलाई दिन सक्ने राष्ट्र बैंकको क्षमता रहेको बताए।

भूकम्पपछिको पुनर्निर्माण ९० प्रतिशत सम्पन्न: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले भुकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्